सिलगढ़ी-गान्तोकबिच यातायात ठप्प, पैह्रोले गऱ्यो धेरै क्षति

0
988

कालेबुङ, ३० जुलाईः हिजो राति परेको मुसलधारे वर्षाका कारण माम खोला र भालुखोपमा गएको पैह्रोले राष्ट्रिय राजमार्ग-१० क्षति पुऱ्याएका छ, जसका कारण सिलगढ़ी र गान्तोकबिच यातायात ठप्प बनेको छ।

स्थानीय सूत्रका अनुसार माम खोलामा गएको पैह्रोको चपेटमा परी ६ जना मजदुर बेपत्ता बनेका छन्। ३ जनालाई उद्धार गरी सिक्किमको सिङ्ताम अस्पताल लगिएको छ।

हाल खोजी कार्य धमाधम चलिरहेको छ। पैह्रोले सेवक-रम्फू रेल परियोजनाका कार्यलाई पनि ठूलो क्षति पुऱ्याएको छ।

जानकारीका अनुसार भालु खोलाले ट्रिपर बगाएको छ दुईवटा वाहनलाई क्षति पुऱ्याएको छ।

अर्कोतिर दक्षिण सिक्किमको मल्ली चेकपोस्टबाट मल्ली बजार जाने सड़क पनि पैह्रोका कारण पूर्ण क्षति पुगेको छ। साथै भलपैह्रोले मल्ली बजारलाई समेत प्रभावित गरेको छ।

हेर्नुस् फोटो फिचर्स

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here