
कालेबुङ, ३० जुलाईः तारखोलामा माथिबाट पैह्रो झरेर राष्ट्रिय राजमार्ग १० मा थुप्रिँदा फेरि वाहनहरूका चलाचल ठप्प भएको छ ।
हिजो ( २९ जुलाई) तारखोलाको जुन ठाउँमा पैह्रो गएको थियो, त्यसै ठाउँमा आज फेरि पैह्रो झरेर वाहनहरूका चलाचल ठप्प भएको हो ।
सडकमा थुप्रिएको पैह्रो सोहोरेपछि केही समयमा यातायात पुनः वाहनहरूका चलाचल सुचारू बन्ने सम्भावना छ ।