मोमो च्यालेन्ज के हो? जानौं

0
1461
मोमो च्यालेन्ज प्रतीकात्मक फोटो। 
तपाईंले प्राणघातक ब्लू ह्वेल गेमबारे अवश्यै सुन्न भएको होला, जुन गेमले दुनियाँभरिका धेरै बालक-बालिका र किशोरहरूको ज्यान लियो। अहिले ब्लू ह्वेलजस्तै अर्को गेम चर्चाको केन्द्र बनेको छ, त्यो गेम हो मोमो च्यालेन्ज। यो पनि ब्लू ह्वेलजस्तै सुसाइड गेम हो। यो च्यालेन्ज गेमको चक्करमा अहिलेसम्म धेरैले आफ्नो जीवन अनाहकमा गुमाइसकेका छन्। यसमा टास्कको एक सिरिज हुन्छ, जसमार्फत् यो गेम खेल्नेहरू फाइनल टास्कसम्म पुग्छन्। फाइनल टास्कमा प्लेयरलाई फ्नो ज्यान दिने च्यालेन्ज दिइन्छ।
भारतमा यससँग सम्बन्धित दुईवटा मृत्युको मामिला प्रकाशमा आइसकेको छ। अन्य केही मामिला पनि मोमो च्यालेन्जसँग जड़ित रहे तापनि यसकै कारण आत्महत्या गरिएको हो भन्ने कुरा पुष्टि भइहालेको छैन। यो गेमलाई लिएर विभिन्न राज्यका पुलिसले एड्भाजरी जारी गरिसकेको छ।
के हो मोमो च्यालेन्ज?
भनिँदैछ, यो च्यालेन्ज पहिला फेसबुकबाट शुरु भएको हो, जहाँ मानिसहरूलाई एक अपरिचित व्यक्तिबाट नचिनेको नम्बरबाट संवाद गर्न भनिएको थियो। यो गेमको लिङ्क वाट्सएपबाट प्रसारित भइरहेको बताइँदैछ। अगस्तमा अर्जेन्टिनामा यो च्यालेन्जबाट पहिलो मृत्यु भएको घटना प्रकाशमा आएको थियो। त्यहाँ एक 12 वर्षीया बालिकाले आफ्नो टास्कलाई फोनमा भिडियो गरिन्। त्यसपछि सुसाइड गरिन्। अर्जेन्टिनी पुलिसले त्यसपछि अभिभावकहरूलाई आ-आफ्ना नानीको मनिटेरिङ गर्ने सुझाएको थियो।
किन यसको नाम मोमो च्यालेन्ज?
एक पपुलर न्युज पोर्टलअनुसार मोमो एक पपुलर सोशल मिडिया अकाउन्ट हो, जुन वाट्सएप, फेसबुकदेखि लिएर यूट्युबसम्म छ। यसमा एक गुड़ियाको तस्वीर छ, जसको आँखा ठूल्ठूला र हेर्दै डरलाग्दो। यसको खतरनाक फिचर छ। जसमार्फत् नानीहरूको ध्यान आफूतिर आकर्षित गर्ने
कोशिश गरिँदैछ।
मोमो च्यालेन्ज कस्तो टास्क हो?
यदि यसको चपेटमा जो कोही आउँछन्, उसलाई मोमो अकाउन्टमार्फत् चुनौतीहरूको एक सिरिज प्राप्त हुन्छ। गेम प्लेयरले यो सिरिज पूरा गर्नुपर्नेछ, जसको फलस्वरूप उसले फाइनली ‘मोमो’-लाई भेट्न सकून्। मिडिया रिपोर्टअनुसार यसमा धेरजसो टास्क हिंसक हुन्छन्। अन्त्यमा यो टास्कले गेम प्लेयरलाई सुसाइड गराउँछ। यदि कसैले बीचमा टास्क पूरा गर्न अस्वीकार गरे, मोमोले गेम प्लेयरलाई गम्भीर परिणाम भोग्ने चेताउनी दिन्छ।
मोमो तस्वीर
यो च्यालेन्जमा जुन ठूल्ठूला आँखा भएको हेर्दै डरलाग्दो महिला प्रयोग गरिएको छ, त्यसलाई एक जापानी आर्टिस्टले बनाएका हुन्।  यद्यपि यसलाई बनाउने जापानी मिदोरी हयाशीले आफू यो गेमसँग कुनै प्रकारले जड़ित नरहेको स्पष्टीकरण  दिएका छन्। यो इमेजलाई ‘मदर बर्ड बाय लिङ्क फ्याक्ट्री भनिन्छ।
कसरी छान्छ टार्गेट?
सोशल नेटवर्किङ वेबसाइटमा मानिसहरूको स्टाट्स हेरेर त्यस्ता मानिसहरूलाई खोज्न गर्छ, जसमा सुसाइड गर्ने प्रवृत्ति हुन्छ।
यसबाट कसरी बाँच्न सकिन्छ?
साइबर एक्सपार्टहरूले मोमो च्यालेन्जसम्बन्धी कुनै पनि आमन्त्रणलाई स्वीकार गर्न अस्वीकार गरिरहेका छन्। मानिसहरूलाई आफ्नो ईमेल र सोशल अकाउन्टको पासवर्ड परिवर्तन गर्ने उनीहरूको सुझाउ छ। यदि तपाईंलाई कुनै अपरिचित नम्बरबाट मोमो च्यालेन्जको इन्भाइट आइहाले, तपाईं तत्कालै त्यो नम्बरलाई ब्लक गरिदिनुहोस्।
अभिभावकका लागि टिप्स
आफ्ना नानीहरूलाई मोमो च्यालेन्ज अस्वीकार गर्न प्रेरित गर्नुहोस्। नानीले एकान्त बसेर कुन गेम खेलिरहेका छन्, विचार्नुहोस्। धेरजसो आफ्ना नानीसँग खुलेर कुराकानी गर्नुहोस्। नानीहरूलाई बुझ्नुहोस्। उनीहरूको फिलिङ बुझ्नुहोस्। नानीलाई इजी फिल गराउनुहोस्, जसले आफ्नो दिमागभित्र खेलिरहेका सबै कुरा तपाईंलाई भन्न सकून्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here