कालेबुङ, 30 अगस्त : जन्मिने बितिक्कै फ्याँकिएको शिशुको शव बरामद भएपछि शुक्रवार कालेबुङको 9 माइल क्षेत्रमा सनसनी फैलियो। घटना आज सखारैको हो। बिहानै स्थानीय मानिसहरूले 9 माइलस्थित रकभेल स्कूलनजिक बाटोमा फ्याँकिएको अवस्थामा शिशु भेटेपछि तत्कालै पुलिस थानामा सूचित गरेका थिए। शवलाई प्लास्टिक हालेर बाटोमा फ्याँकिएको थियो।
सूचना पाएलगत्तै पुलिस घटनास्थलमा आएर शिशुको शवलाई कब्जामा लिएर पोस्टमर्टमका लागि कालेबुङ जिल्ला अस्पतालमा पठायो। सम्भवतः राति नभए बिहानै ती शिशुलाई फ्याँकिएको हुनसक्ने पुलिसले अनुमान गरेको छ। यद्यपि कसले फ्याँकेका हुन् भन्ने निश्चित टुङ्गो लागेको छैन। पुलिसले घटनाबारे छानबिन गरिरहेको बताइएको छ।