खरसाङ, 30 अगस्तः खरसाङ क्षेत्रमा फेरि कोरोना सङ्क्रमण बढ़ेको छ।
दार्जीलिङ जिल्ला प्रशासनले दिएको रिपोर्टका अनुसार आज खरसाङमा 10 जना कोरोना सङ्क्रमित पाइएका छन्। यी 10 जना नै खरसाङ नगरपालिका क्षेत्रका हुन्।
उल्लेखनीय छ, हिजो खरसाङ नगरपालिका क्षेत्रका 7 जना कोरोना सङ्क्रमित पाइएको थियो।
स्मरणरहोस्, पछिल्ला केरही दिनयता प्रायःजसो प्रतिदिन खरसाङ क्षेत्रमा कोरोना सङ्क्रमणका मामिला प्रकाशमा आइरहेको छ।
अर्कोतिर, आज दार्जीलिङ नगरपालिका क्षेत्रबाट 2 जना, सुकनाबाट 5 जना, मिरिकबाट 1 जना, पुलबजारबाट 2 जना र सुकेपोखरीबाट 1 जना कोरोना सङ्क्रमित पाइएको जिल्ला प्रशासनले दिएको छ।