कोलकाता, ३० अगस्तः प्रवर्तन निदेशालय (ईडी)-ले २०११ देखि यता राज्यका प्राथमिक पाठशालामा नियुक्ति पाएका सबै शिक्षकको पूर्ण विवरण मागेको छ।
महत्त्वपूर्ण कुरा छ भने राज्यका सबै जिल्लामा २०११ देखि यता प्राथमिक पाठशालामा नियुक्ति पाएका शिक्षकहरूका पूर्ण विवरण ईडीले दुई दिनभित्र मागेको छ।
उल्लेखनीय छ, राज्यमा शिक्षक नियुक्तिको जाँच गर्न कोलकाता न्यायालयले दिएको आदेशकै सन्दर्भमा ईडीले प्राथमिक पाठशालाहरूमा नियुक्ति पाएका शिक्षकहरूका विवरण मागेको हो ।