युगकवि वीरेन्द्र स्मृति अन्तरविद्यालय कविता प्रतियोगितामा ग्रीफिथ्स उमाविका रोनित प्रधान विजयी

0
1894
युगकवि वीरेन्द्र स्मृति अन्तरविद्यालय कविता प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएका प्रतियोगी विद्यार्थी। 

दार्जीलिङ, 30 सेप्टेम्बर :  युगकवि वीरेन्द्र स्मृति अन्तरविद्यालय कविता प्रतियोगिता 2018 –को विजेता ग्रीफिथ्स उच्चतर माध्यमिक विद्यालयका रोनित प्रधान भएका छन्। कला सङ्गम मञ्चद्वारा आयोजित यो प्रतियोगिताका अंशग्रहण गर्ने अन्य 19 विद्यालयका प्रतियोगी विद्यार्थीहरूलाई उछिनेर रोनित प्रधान पहिलो बनेका हुन्। प्रतियोगिताको फाइनल चरणमा दार्जीलिङ महकुमाका कुल 20 विद्यालयका विद्यार्थीहरूले पुगेका थिए। प्रतियोगितामा स्थानीय प्रायः 35 वटा विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए। 
त्यसैगरी प्रतियोगितामाल दोस्रो धजे उच्चतर माध्यमिक विद्यालयका शुभम राई र तेस्रो सन्त रोबर्ट्स उच्चतर माध्यमिक विद्यालयका विमर्श गुरुङ तेस्रो भए। पहिलो, दोस्रो र तेस्रो भएका प्रतियोगीलाई पारितोषिकको रूपमा प्रमाण पत्र र स्मृतिचिह्नसहित नगद राशि क्रमैले पाँच हजार, तीन हजार  र दुई हजार रुपियाँद्वारा सम्मानित गरिएको थियो। त्यस्तै प्रतियोगितामा भाग लिने अन्य प्रतियोगी विद्यार्थीहरूलाई पनि प्रमाण-पत्र प्रदान गरिएको थियो।
लगभग दुई वर्ष अघि दार्जीलिङका केही उत्साही र जाँगरिला युवाहरूद्वारा साहित्य-कलाका लागि केही गर्ने जमर्कोसँगै गठन गरिएको यो कला सङ्गम मञ्चले यो प्रतियोगिता स्थानीय साउथफिल्ड कलेजको हलमा आयोजन गरिएको थियो, जसमा प्रमुख अतिथिको रूपमा समालोचक डा. कविता लामा उपस्थित थिइन् भने निर्णायकवर्गमा कवि केवलचन्द्र लामा, अजित बस्नेत र स्नेहलता राई थिए।
उल्लेखनीय छ, एउटै छुट्टै र बेग्लै प्रकारको साहित्यिक कार्यक्रम आदिमा आफूलाई केन्द्रित गर्दै  आएको कला सङ्गम मञ्चले यसभन्दा अघि दार्जीलिङमा दुईपटक टिकटमा कविता कार्यक्रम गर्दै आएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here