दशैंअघि श्रमिकहरूले बोनस नपाउने!, बैठक विफल

0
1374

दार्जीलिङ, ३० सेप्टेम्बर : दशैंअघि दार्जीलिङ पहाड़का चियाश्रमिकहरूले बोनस पाउने सम्भावना करिब करिब सकिएको छ। आज राज्यका श्रममन्त्रीको पहलमा कोलकातामा बसिएको बैठक विफल बनेपछि दशैंअघि श्रमिकहरूले बोनस पाउने सम्भावना मधुरो बनेको हो।

मालिकपक्षले १५ प्रतिशतभन्दा माथि बढ़ेपछि बैठक विफल बनेको बताइएको छ।   जानकारीका श्रमिक सङ्गठनहरू एक प्रतिशत तल झरेर 19 प्रतिशतसम्म आएको थियो। तर, मालिकपक्षले १५ प्रतिशतभन्दा माथिको बोनस दिननसक्ने आफ्नो अड़ानमा अडिग रहेपछि श्रमिक सङ्गठनहरूले बैठक बहिष्कार गरेर बाहिरिए।

यसबारे जानकारी गराउँदै जोइण्ट फोरमका प्रवक्ता सुनिल राईले भने, ‘‘मालिकपक्षले केवल १५ प्रतिशत दरको बोनस दिने कुरामा अडिग रहेपछि हामीले बैठक बहिष्कार गरेका हौं। हामी आफ्नो अडानबाट १ प्रतिशत तल झरेर १९  प्रतिशतसम्म आएका थियौं। तर, मालिकपक्ष अचाहिँदो अड़ानमा नै अडिग रह्यो। जसलाई हामीले स्वीकार गरेनौं।’’

उनका अनुसार मालिकपक्षले किश्तीमा बोनस दिने कुरासमेत गरेको थियो, त्यसलाई पनि श्रमिक सङ्गठनहरूले एकै स्वरमा अस्वीकार गरेका छन्। राईका अनुसार भोलिदेखि पुनः पहाड़का सबै चियाकमानमा गेट मिटिङलगायत अन्य आन्दोलनात्मक कार्यक्रमहरू शुरु हुनेछ। ‘‘राज्यका श्रममन्त्रीले दशैंपछि पुनः बैठक डाक्ने बताएका छन्। दशैंमा त अब चियाश्रमिकहरूले बोनस नपाउने भए। तर, अब हामी २० प्रतिशत बोनस नै दिइनुपर्ने अडानमा अडिग नरहनेछौं’’, राईले थपे, ‘‘किनभने हामी एक प्रतिशत तल झरेर १९ प्रतिशतमा आउँदा पनि मालिकपक्षले केवल १५ प्रतिशतको दरले बोनस दिने कुरामा अडिग रह्यो। यो सरासर अन्याय हो। हामी यसविरुद्ध लड़िरहनेछौं।’’

राईका अनुसार बोनसलाई लिएर राज्य सरकारद्वारा डाकिने उक्त बैठक १६-१७ अक्टोबरको दिन सम्पन्न हुने सम्भावना छ। आजको बैठकमा राज्यका श्रममन्त्री मलय घटक पनि उपस्थित रहेको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here