सिलगढ़ी, 30 सेप्टेम्बरः दार्जीलिङ पहाड़को विकासका लागि राज्य सरकारले जीटीएलाई 175 करोड़ रुपियाँ प्रदान गरेको छ।
आज सिलगढ़ीस्थित उत्तरकन्यामा बसेको प्रशासनिक बैठकअवधि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीए बीओए अध्यक्ष अनित थापालाई 150 करोड़ रुपियाँको चेक हस्तान्तरण गरिन्।
जानकारीका अनुसार 25 करोड़ आउँदो महिना प्रदान गरिनेछ।
अर्कोतिर, जीटीए बीओए अध्यक्ष अनित थापाको अफिसियल फेसबुक पेजमा यसबारे जानकारी गराउँदै यो उदारताका जीटीएको तर्फबाट मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिएका छन्।