जनचेतना सङ्घर्ष समितिद्वारा राज्यपालसँग भेटवार्ता, अनियमितताबारे चढ़ायो ज्ञापन

0
900

दार्जीलिङ, 30 नोभेम्बरः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) जनचेतना सङ्घर्ष समितिले आज राज्यपाल जगदीप धनखड़सँग भेटवार्ता गरेको छ।

समितिकी अध्यक्ष मञ्जिला तामाङको नेतृत्वमा गएको टोलीमा सचिव रञ्जीता सुब्बा र कार्यकारी सदस्य दिपु मुखिया रहेका थिए।

मञ्जिला तामाङले जानकारी गराएअनुसार पार्टी अध्यक्ष मन घिसिङको निर्देशनमा  आज समितिले पहाड़का विभिन्न समस्यालाई बोकेर राज्यपालसँग भेटवार्ता गरेको हो।

उनका अनुसार भेटवार्ता अवधि पहाड़को विकासका लागि विभिन्न योजनाजस्तै प्रधानमन्त्री ग्राम सड़क योजना, आईआरडीएफ, सयदिने रोजगारलगायत शिक्षक नियुक्ति प्रणाली तथा अन्यमा व्यापक अनियमितता भइरहेको उजुरी गर्दै यससम्बन्धमा समितिले राज्यपाललाई एक ज्ञापन पनि चढ़ाएको छ।

यसका साथै राज्यपालले यस विषयलाई गम्भीरतापूर्वक लिएको तथा यसबारे विचार विमर्श गर्ने वचन दिएको पनि मञ्जिला तामाङले बताएकी छन्।

उल्लेखनीय छ, गोरामुमो जनचेतना सङ्घर्ष समितिले दार्जीलिङ पहाड़का विकासकार्यहरूमा अनियमितता भइरहेको बताउँदै यसविरुद्ध लगातार आवाज उठाउँदै आइरहेको छ।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here