विनयपन्थी मोर्चाका साङ्गठनिक सचिव एलेम लामासहित सावन राई र दिवाकर गुरुङले दिए राजीनामा

0
1065
(एलेम लामा)

दार्जीलिङ, 30 दिसम्बरः विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाका कोर कमिटी सदस्य एवं केन्द्रिय साङ्गठनिक सचिव एलेम लामा, केन्द्रिय सदस्य सावन राईले आ-आफ्नो पद साथै पार्टीको प्राथमिक सदस्यताबाट पनि राजीनामा दिए।

यति मात्रै होइन, यसै पार्टीका केन्द्रिय समिति सदस्य दिवाकर गुरुङले पनि पार्टीबाट राजीनामा दिएर विमल गुरुङपन्थी गोजमुमोमा सामेल भएको घोषणा गरे।

एलएम लामाले पार्टी अध्यक्ष विनय तामाङको नाममा राजीनामा-पत्र पठाएका छन्।

राजीनामा-पत्रमा भनिएको छ- ‘अशुभ वर्ष 2020-लाई विदा दिने क्षणमा पार्टीका सम्पूर्ण पद साथै पार्टीको साधारण सदस्यताबाट पनि स्वेच्छाले राजीनामा दिएको छु।‘ यद्यपि, उनले राजीनामा दिनुका कारण भने केही बताएका छैनन्।

यसरी नै पार्टीका केन्द्रिय समिति सदस्य सावन राईले पनि आज नै पार्टीको प्राथमिक सदस्यताबाट पनि राजीनामा दिएको घोषणा गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here