कोरोना उपचारका लागि सबै जिल्लामा नोडल अस्पताल बनाउने ममताको घोषणा

0
1581
ममता ब्यानर्जी (फोटो साभार-इन्टरनेट)

कोलकाता, ३१ मार्चः कोरोना भाइरसको बढ़्दो प्रकोपलाई ध्यानमा राखेर मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यका सबै २२ जिल्ला कोरोना सङ्क्रमितहरूको उपचारका लागि २२ वटा नोडल अस्पताल बनाउने घोषणा गरेकी छन्।

सोमवार ममताले यस्तो घोषणा गरेकी हुन्। उनको घोषणाका अनुसार यसमा केही निजी अस्पताल पनि हुनेछन्, जसलाई राज्य सरकारले ग्रहण गर्नेछ।

यस्ता अस्पतालहरूमा मानव संसाधनदेखि लिएर सबै प्रकार खर्च र व्यवस्था राज्य सरकारले गर्नेछ।

यसका साथै ममताले सबै २२ जिल्लामा २२ नोडल अफिसर नियुक्त गर्ने घोषणा पनि गरिन्, जसले कोरोना भाइरससम्बन्धी सबै प्रकारका देखरेख र राज्य सरकारसँग समन्वय आदि काम हेर्नेछन्।

हिजो राज्य सचिवालय नवान्नमा कोरोना भाइरससँग लड़्ने तयारीहरूलाई ममताले सबै जिल्ला प्रशासन र जिल्लाका मुख्य चिकित्सा अधिकारीहरू (सीएमओएच)-सँग समीक्षा बैठक गरेकी थिइन्। जुन बैठकमा केही ठूला फैसला लिइएको छ।

“आउँदो दुई साता धेरै कठिन (इमरजेन्सी)-को समय हो। यो समयावधिमा कसैले पनि हात बाँधेर बस्नु पाउने छैन”, बैठकमा मुख्यमन्त्रीले थपिन्, “कोरोना सङ्क्रमित मानिसहरूको उपचारका लागि सबै २२ जिल्लामा २२ नोडल अस्पताल यथाशीघ्रै तयार गरिनेछ।”

उनका अनुसार विभिन्न जिल्लामा केही निजी अस्पताल पनि हुनेछ, जसलाई राज्य सरकारले लिएर कोरोना सङ्क्रमित बिरामीहरूको उपचारअनुरूप सम्पूर्ण व्यवस्था गरिनेछ। जसमा पलङ, चिकित्सा उपकरण, चिकित्सक, नर्सदेखि लिएर सबै व्यवस्था राज्य सरकारले गर्नेछ।

यसैगरी ममताले कोरोना भाइरसविरुद्ध लड़िरहेका डाक्टर, नर्स, प्यारामेडिकल स्टाफ, आशा कार्यकर्ता, पुलिसकर्मी, स्वच्छता कर्मचारीसहित यस काममा लागिपरेका सरकारी र निजी कर्मचारीहरूका लागि बिमा कभरलाई ५ लाखदेखि बढ़ाएर १० लाख रुपियाँ बनाउने घोषणा पनि गरिन्।

अर्कोतिर बैठकअवधि चिकित्सा अधिकारी र अन्यको तर्फबाट दिइएका सुझाउ र मागलाई तत्कालै पूरा गर्ने पनि ममताले निर्देश दिइन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here