गर्भवती महिलासहित दुई कोरोना सङ्क्रमित, सिलगढ़ी क्षेत्रमा कोरोना कहर बढ़्दै

0
1186

सिलगढ़ी, ३१ मईः सिलगढ़ी तथा यसका संलग्न क्षेत्रमा कोरोना कहर प्रतिदिन बढ़्दै गइरहेको छ।

बङ्ग्ला दैनिक उत्तरबङ्ग संवादको अनलाइन संस्करणको रिपोर्टका अनुसार आज बाघडुग्रानिवासी एक गर्भवती महिला र मेडिकलनजिक कदमतलानिवासी एक व्यक्ति कोरोना सङ्क्रमित रहेको पाइएपछि हिजो रातिदेखि आज मध्याह्नसम्म सिलगढ़ी महकुमा क्षेत्रमा कोरोना सङ्क्रमित सङ्ख्या चार पुगेको छ।

बाघडुग्रा ज्योतिनगरनिवासी ती २४ वर्षीय गर्भवती महिला पछिल्लो २६ मईका दि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना भएकी थिइन्। त्यसपछि उनको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि पठाइएको थियो भने उनको टेस्ट रिपोर्ट आज पोजिटिभ आएको हो।

उनलाई उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालकै आइलोसेशनमा भर्ना गरिएको छ।

अर्कोतिर, कोरोना सङ्क्रमित पाइएका कदमतानिवासी व्यक्तिलाई उपचारका लागि कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा लगिने तर्खर गरिँदैछ।

यसभन्दा अघि सिभियर एक्युट रेस्पिरेटरी इलनेस (सारी) अस्पतालको रूपमा रूपान्तर गरिएको दिसन अस्पतालमा उपचाररत् नक्सलबारी र फाँसीदेवाका एक-एक गरी दुई युवक कोरोना सङ्क्रमित पाइएको छ।

हिजो राति उनीहरू दुवैको टेस्ट रिपोर्ट पोजिटिभ आएको बताइएको छ। उनीहरू दुवैलाई उपचारका लागि डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा लगिएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here