कोचबिहार मेडिकल कलेजमा कार्यरत् कालेबुङकी नर्ससँग दुर्व्यवहार र हातपात

0
1192
(पीड़ित नर्स एड्रिना लेप्चा।)

सिलगढ़ी, 31 मईः कोचबिहार मेडिकल कलेज एवं अस्पतालमा कार्यरत् कालेबुङनिवासी नर्स एड्रिना लेप्चासँग दुर्व्यवहार र हातपात गरिएको घटना प्रकाशमा आएको छ।

जानकारीका अनुसार हिजो बिहान ड्युटीअवधि उनीसँग बिरामीका आफन्तहरूले दुर्व्यवहार गर्नका साथै हातपात गरेका हुन्।

यसका साथै उनलाई ज्यानको धम्कीसमेत दिएको बताइएको छ, जसका कारण उनलाई ज्यानको खतरा भएको छ।

न्याय माग्दै पीड़ित एड्रिना लेप्चा र अन्य नर्सहरू।

जानकारीका अनुसार हिजो उपचारका लागि एक बिरामीलाई कोचबिहार मेडिकल कलेज एवं अस्पतालमा भर्ना गरिएको थियो। तर दुर्भाग्यवश भर्ना गरिएको करिब 10 मिनटमै ती बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तहरूले आक्रोशित भई नर्स एड्रिना लेप्चासँग दुर्व्यवहार र हातपात गरेका हुन्।

यो घटनाको प्रतिवाद जनाउका साथै उचित न्याय र सुरक्षाको माग पनि पीड़ित एड्रिना लेप्चा र अन्य नर्सहरूले गरेका छन्। यी नर्समाथि हातपात गर्ने महिला भागेको बताइएको छ।

यस्ता घटनाहरू घरी घरी भइरहेकाले नर्सहरू असुरक्षित बनेका छन्।

कोरोना महामारीको यो विषम परिस्थितिमा आफ्नो ज्यानै जोखिममा राखेर बिरामीहरूका सेवामा अहोरात्र खटिरहने नर्सहरूमाथि यस प्रकारका दुर्व्यवहार र हातपात हुनु अत्यन्त घृणित र दण्डनीय कार्य हो।

बिरामीहरूको सेवा र हेर्चाहमा प्रतिक्षण समर्पित र लगनशील भएर खटिरहने यी नर्सहरूलाई प्रशासनपक्षबाट समुचित सुरक्षा प्रदान गरिनुपर्ने आवश्यकता देखिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here