सिलगढ़ी, 31 जुलाई : बुधवार बिहान मालदा-एनजेपीमागी रेलको धक्काले यस्मीन तामाङ (15)-को मृत्यु भएको छ। यो दुर्घटना आज बिहान करिब 10:30 बजे बाघडुग्राको प्रमोद नगरमा भएको हो। यस्सीन बाघडुग्रास्थित गान्धी मेमोरियल हाईस्कूलमा दशौं श्रेणीमा अध्ययनरत् थिइन्।
प्रत्यक्षदर्शीका अनुसार रेलवे लीक हिँड़िरहेको बेला यस्सीनलाई मालदा-एनजेपीमागी रेलले धक्का दिएको हो। स्थानीय मानिसहरूले घटनाबारे थाह पाएपछि गम्भीर अवस्थाका यस्मीनलाई तत्कालै शिवमन्दिरस्थित एक नर्सिङ होम पुऱ्याएका थिए। तर गम्भीर अवस्था देखेपछि राम्रो उपचारका लागि त्यहाँका डाक्टरहरूले घाइते यस्सीनलाई अन्यत्रै लैजाने आमा-बाबालाई सल्लाह दिए।
यसैबीच आमा-बाबाले उनलाई सिलगढ़ीको एक नर्सिङ होममा पुर्याए, जहाँ केही मिनटपछि यस्सीनको मृत्यु भयो। घटनाका एक प्रत्यक्षदर्शी मञ्जु विश्वासले भनिन्, “रक्ताम्मे अवस्थामा रेलवे लीकमा लड़िरहेको देखेपछि म र मेराले पतिले तत्कालै अस्पताल पुर्याएका हौं। त्यसबेला उनको (यस्मीन) -को मुख र शिरबाट अत्यधिक खून बगिरहेको थियो।” यस्मीनका पिता सन्तोष तामाङ र आमा मनिषाले बाघडुग्रास्थित प्रधान नगरको एक घरमा भाड़ामा बस्छन् भने उनीहरूले अप्पर बाघडुग्राको पानीघट्टा मोड़मा फास्टफूडको दोकान चलाउने गर्छन्। यस्सीन उनीहरूकी एउटै छोरी थिइन्।
😂😂😂 very sad