स्थायी राजनीतिक समाधान गोर्खाल्याण्ड हो, जीटीए र छैटौं अनुसूची होइनः क्रामाकपा

0
1025

दार्जीलिङ, 31 जुलाईः क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)-ले दार्जीलिङमा आज व्यापक पोस्टरिङ गरेर भारतीय गोर्खाहरूको स्थायी राजनीतिक समाधान केवल छुट्टै राज्य गोर्खाल्याण्ड मात्रै हो भन्ने बताएको छ।

पोस्टरमा भनिएको छ, “भारतीय गोर्खाहरूको स्थायी राजनीतिक समाधान जीटीए, छैटौं अनुसूची होइन। जनताको त्याग बङ्गाल बाहिरको व्यवस्थाका लागि हो। राज्यभित्रकै विकल्प खोज्नेहरूसित जनता सचेत बन्नुपर्छ।’’

केन्द्र सरकारले जीटीएको विषयमाथि समीक्षा गर्न भनेर आउँदो 7 अगस्तको दिन दिल्लीमा एक वार्ता डाकेको छ। जसमा राज्य सरकार र गोर्खा जनमुक्ति मोर्चालाई निम्तो दिइएको छ। तर, गोर्खा जनमुक्ति मोर्चा विमल र विनय खेमाले उक्त वार्तामा नजाने घोषणा गरेपछि वार्ता नै हुने-नहुने अनिश्‍चित बनेको छ।

यति मात्रै होइन, वार्ताका लागि केन्द्र सरकारले 7 अगस्तको मिति तय गरेर पत्र पठाएपछि दार्जीलिङ पहाड़को राजनीतिक माहोल एकाएक तात्तिएको छ।

यसै राजनीतिक स्थितिमाझ क्रामाकपाले यहाँ पोस्टरिङ गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here