पैह्रोले त्रिवेणी कोविड अस्पताल जाने सडक क्षतिग्रस्त

0
906

कालेबुङ, ३१ जुलाईः लगातार परिरहेको पानीका कारण गएको पैह्रोले त्रिवेणी कोविड अस्पताल जाने सडकलाई पुऱ्याएको छ।

पैह्रोका कारण सडकको ठूलो भाग धस्केर झरेपछि वाहनहरूका यातायात बन्द भएको छ।

सडक बन्द भएपछि आजै मोर्चा दुईको एक टोलीले पैह्रो झरेको स्थानको भ्रमण गरेको थियो।

मोर्चा दुईका अनुसार एनएचपीसीको बाँध  निर्माणले  जलस्तर वृद्धि भएकाले बाटो, पर्खाल, नाला भत्किने गरेको हो।

साथै निर्माणाधीन पेशोक पुलका कारण जथाभाबी बाटो खनिनाले पनि पैह्रो झरेको उक्त टोलीको भनाइ छ। यसैले जीटीएले एनएचपीसीलाई चाप दिएर झट्टै बाटोको  निर्माण गरिदिनुपर्ने टोलीको अनुरोध छ।

यदि चाँड़ै सडकको निर्माण नगरिए त्रिवेणी अस्पतालसँग यातायात सम्पर्क चुँड़िने निश्चित छ।

यति मात्र होइन टोलीले पैह्रोका कारण त्रिवेणी कोविड अस्पतालको  पानीको लाइन पुरिएकाले पानीको सङ्कट  बनेकोले  जीटीए स्वस्थ्य विभागलाई समस्या समाधान गरिदिने अनुरोध गरेको छ।

यस टोलीमा मोर्चा दुई केन्द्रीय समिति सदस्य विशाल राई, टिस्टा शाखा संयोजक शरण छेत्री, सुरेन लोहर, सुशील मगर, अजय विश्व आदि थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here