फेसबुकले विश्वभरि आफ्नो ‘वाच भिडियो-स्ट्रिमिङ’ सर्भिस लन्च गर्दैछ। अमेरिकामा यो सर्भिस एक वर्षदेखि चल्दैछ। यो सर्भिसले युजर (प्रयोगकर्ता) –लाई फेसबुकले असङ्ख्यौं विकल्प दिनेछ, जसमा युजरले आफूले मन पराएका शो छान्न सक्नेछन्। यसमा ठूल्ठूला ब्रान्ड्स र नयाँ प्लेयर दुवैको शो देख्न पाइनेछ। यसलगायत न्युज फिडमा सेभ गरिएका क्लिप पनि यहाँ हेर्नसकिन्छ।
दर्शकले जुन भिडियो धेरै हेर्नेछन्, त्यसलाई विज्ञापन प्राप्त हुन शुरु गर्नेछ। अहिलेसम्म केही चयनित पब्लिसरले मात्र यो फाइदा प्राप्त हुन्थ्यो। शुरुमा इङ्ग्ल्यान्ड, अमेरिका, आयरल्यान्ड, अस्ट्रेलिया र न्यूजील्यान्डमा नै यो सुविधा हुनेछ। भिडियोबाट प्राप्त हुने नाफा निर्माता र फेसबुकमा बाँड़िनेछ। निर्मातालाई 55 र फेसबुकलाई 45 प्रतिशत पैसा पाउनेछ।
फेसबुकको यो वाच सर्बिसलाई गुगलको यूट्युबको प्रतिद्वन्द्वी बताइँदैछ। यद्यपि यसले केवल यूट्युबलाई मात्रलाई होइन तर पारम्परिक टीभी च्यानल र अनलाइन आउटलेटजस्ता नेटफ्लिक्स, अमेजन भिडियो, बीबीसी आइप्लेयर र फेसबुककै आफ्नो इन्स्टाग्राम टीभीलाई पनि टक्कर दिनेछ। पछिल्लो साता गरिएको एक अध्ययनले अमेरिकनहरूले शुरुआती वर्षमा नै यसलाई लिएर धेरै रुचि देखाएका छन्।