सिलगढ़ी, 31 अगस्त : शनिवार करिब 2 बजे सिलगढ़ी नगरनिगमअन्तर्गत 41 नम्बर वार्डस्थित एक भवनको तेस्रो तलामा लागेको लागेको चपेटमा परी गम्भीर घाइते भएकी महिलाको उपचाराधीन अवस्थामा साँझपख निधन भएको छ। मृतक महिलाको नाम अञ्जु शर्मा बताइएको छ।
आज अपराह्न अचानक लागेको आगोको चपेटमा परी गृहिणी शर्मा गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्कालै सिलगढ़ी जिल्ला अस्पताल पुऱ्याइएको थियो, जहाँ केही घण्टापछि मृत्यु भयो।
अस्पताल सूत्रका अनुसार अञ्जु शर्माको शरीरका धेरजसो भाग जलेको थियो। सोचनीय अवस्थामा स्थानीय मानिसहरूले उनलाई सिलगढ़ी अस्पताल पुऱ्याए तापनि बचाउन सकेनन्।
जानकारीका अनुसार आगो लागेको थाह पाएलगत्तै स्थानीय मानिसहरूले तत्कालै अग्निशमन विभाग र पुलिसलाई सूचित गरेका थिए। सूचना पाएपछि घटनास्थलमा दमकलका दुईवटा गाड़ी र भक्ति नगर पुलिस पुगेका थिए। यद्यपि उनीहरू पुग्नअगावै आगो निभिसकेको थियो। आगो के कारण लागेको हो भन्नेबारे पुलिसले छानबिन गरिरहेको बताइएको छ। प्रारम्भिक जाँचका अनुसार शट्सर्किटको कारण आगो लागेको हुनसक्ने अनुमान गरिएको छ।