खरसाङ, 31 अगस्तः साहित्यकार राजु प्रधान ‘हिमांशु’-ले आफ्नो मृत्यचिन्ता आज फेसबुकमार्फत् सार्वजनिक गरेका छन्।
मृत्यु चिन्ता उनको नवीनतम् कथा सङ्ग्रह हो, जसमा 31 वटा कथा समाविष्ट छन्।
भिड़ र हल्लादेखि पर बसेर अवनरत साहित्य सिर्जना गर्न रुचाउने प्रतिबद्ध साहित्यकार हिमांशुको यो 17औं कृति हो। कवि, नाटक, समालोचना र कथा विधामा उनले समानान्तर कलम चलाउँदै आइरहेका छन्।
साहित्यकार हिमांशुका यसभन्दा अघि यो निगूढ़ कुरा होइन (कविता सङ्ग्रह-1996), अभ्यन्तर (काव्य-1999), अन्वेषण (मञ्जित एकाङ्कीसङ्ग्रह-2002), मुखुण्डो लगाएको मन (नाटक सङ्ग्रह-2003), ओम् शान्ति (नाटक सङ्ग्रह-2004), निफननाफन (समीक्षात्मक लेख सङ्ग्रह-2008), काल-निर्णय (कविता सङ्ग्रह-2009), निःशब्द शब्द-शिखा (कविताणुहरू/गीतहरू-2010), प्रेक्षण-सर्वेक्षण (लेखहरू-समीक्षाहरू-2011), चिन्तन-विचिन्तन (निबन्ध-संस्मरणादि-2013), अवसान (नाटक सङ्ग्रह-2014), शान्ति-दर्शन (रेडियो नाटक सङ्ग्रह-2015), कालान्तर-कालान्तर (कविताहरू/गीतहरू-2017), विचारको आयतन (कथा सङ्ग्रह-2018), रङ्गहरूको खेल (नाटक सङ्ग्रह-2018) र एउटा महायज्ञपछि (कविता सङ्ग्रह-कविता सङ्ग्रह-2019) प्रकाशित छन्।