नयाँ दिल्ली, 31 अगस्तः पूर्व राष्ट्रपति प्रणव मुखर्जीको 84 वर्षको उमेरमा आज बेलुकी निधन भएको छ। उनका छोरा अभिजीत मुखर्जीले ट्वीट गरी यसबारे जानकारी गराएका छन्।
उनी पछिल्ला केही समयदेखि अस्पतालमा उपचाररत् थिए। उनको कोरोना टेस्ट पनि पोजिटिभ पनि आएको थियो।
भारत रत्न प्रणब मुखर्जीको स्वास्थ्य समस्या देखिएका कारण पछिल्लो 10 अगस्तका दिन दिल्लीको आरआर अस्पतालमा भर्ती गरिएको थियो। उनको मस्तिष्कमा खून जमेपछि ब्रेन सर्जरी पनि भएको थियो भने फोक्सोको सङ्क्रमणले पनि उनी थलिएका थिए, जसका कारण उनी गहिरो निद्रामा थिए।
कङ्ग्रेसका दिग्गज नेता प्रवण मुखर्जी यूपीएको सरकारमा देशका वित्तमन्त्री पनि रहेका थिए।
त्यसपछि उनी 2012 का देशका राष्ट्रपति बनेका थिए। 2019 मा भारत रत्नले सम्मानित भएका थिए।
उनको निधनमा राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत अन्यले शोक व्यक्त गरेका छन्।