पहाड़का विभिन्न अस्पतालमा ट्रुनेट मशिन जड़ान

0
1255

अनित थापा, अध्यक्ष, जीटीए।

मलाई यो घोषणा गर्दा खुशी लागिरहेको छ, जीटीएले केही समय अघि अस्पतालमा ट्रुनेट (TruNat) मशिन जड़ान गर्ने वचन दिएको थियो। आज त्यही वचनअनुसार जीटीए क्षेत्रमा ट्रुनेट मशिन जड़ान गरिँदैछ। निम्न अस्पतालमा ६ वटा ट्रुनेट मशिन जड़ान हुँदैछ।

1. दार्जीलिङ जिल्ला अस्पताल – 2

2. खरसाङ अस्पताल – 1

3. मिरिक अस्पताल – 1

4. त्रिवेणी अस्पताल, कालिम्पोङ – 1

5. गोरुबथान अस्पताल – 1

ट्रुनेट मशिन मोलिक्युलर बायोलोजिस्ट अनि तक्निनी विशेषज्ञद्वारा सञ्चालन गरिनेछ।

विगत 6 महिनादेखि, विश्व नै भाइरसको महामारीसँग मोर्चा खोलेर युद्ध गरिरहेका छन्। यो महामारीले मानिसको जिउने शैलीमा नै परिवर्तन ल्याइदिएको छ।

जीटीए सानो प्रशासन भए तापनि, सीमित संसाधनमा कोरोना सङ्क्रमणको व्यवस्था अनि रोकथाम गर्नमा अन्य राज्यहरूको हाराहारीमा नै सफल भएको छ।

हाम्रो कोरोना व्यवस्थाको मूल मन्त्र नै हो ‘3Ts’ टेस्ट, ट्रयाक अनि ट्रस्ट।

टेस्ट (जाँच)

महिनैपछिको हाम्रो जाँचको सङ्ख्या हेर्नु हो भने हाम्रो जाँच 1500% बढ़ेर गएको छ। जाँचमा वृद्धि रेपिड एन्टिजिन टेस्टको प्रयोगबाट भएको छ। यी टेस्ट शहरी क्षेत्रमा मात्र सीमित नभएर दुर्गम क्षेत्रमा पनि भइरहेको छ। एकतर्फ हामीले जाँचको सङ्ख्यामा वृद्धि गऱ्यौं भने अर्कोतर्फ कोभिड पोजिटिभको सङ्ख्यामा पनि वृद्धि आएको छ, जुन हामीले अपेक्षा गरेकै थियौं। आज जीटीएले धेरैभन्दा धेरै कोरोना सङ्क्रमणको जाँच गर्न सक्षम बनेको छ।

ट्रयाक (पैलाउनु):

जीटीएको सर्भिलेन्स कमिटीले यो दिशामा धेरै प्रभावशाली कार्य गरेको छ। सङ्क्रमणको लक्षण देखा पर्नेदेखि लिएर सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई खोजेर निकाल्ने कामद्वारा नै हामीले सङ्क्रमित व्यक्तिलाई चाँडो स्वास्थ्य केन्द्र लैजानु सकिरहेका छौँ। उनीहरूको कार्यको परिणाम नै हो धेरैभन्दा धेरै व्यक्तिहरूको जाँच भइरहेको छ।

ट्रस्ट (विश्वास)

कोरोना सङ्क्रमणको कारण मानिसमा सन्देह र भेदभाव देखा परेका धेरै घटनाको हामीलाई अनुभव छ। धेरै मानिसहरू जब बाहिरबाट घर आउँछन् अथवा विमार जाती भएर घर फर्कन्छन्, उनीहरूप्रति परिवारको अनि छिमेकीको व्यवहार छुट्टै देखियो। यी मुद्दाहरूलाई लिएर जीटीएले खुल्ला अनि स्पष्ट रूपमा वकालत गऱ्यो। हामीले भेदभाव अनि सन्देहको विरुद्ध गऱ्यौं। हामीले मानिसलाई सङ्क्रमण विषय शिक्षा दियौं, जनचेतना जगाउने कार्य गऱ्यौं। हामीले भाइरसविरुद्ध लड्नु तर मानिसविरुद्ध होइन भन्ने सन्देशमा जोड़ दियौं। यसै प्रयासको परिणाम स्वरूप आजकल हामी पहाड़मा मानिसहरू कोरोना सङ्क्रमणलाई सकारात्मक तरिकाले लिन्छन् अनि एक अर्काको सहयोगी बन्छन्।

हामीले यो सुनिश्चित गरेका छौँ, जाँच समयमा हुनुपर्छ अनि जाँचको परिणाम निर्धारित समयमा ठीकसँग आउनुपर्छ। वर्तमान हामीले प्रत्येक ब्लक स्वास्थ्य केन्द्रमा रेपिड एन्टिजिन टेस्ट किटको प्रयोग गरिरहेका छौँ।

ट्रुनेट मशिनद्वारा जाँचको परिणाम दुइ घण्टाभित्र दिनसकिन्छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here