शिक्षण-अशिक्षणकर्मीहरू अब 21 सेप्टेम्बरदेखि मात्र शैक्षिक संस्थानहरूमा उपस्थित हुनुपर्ने

0
1134

गान्तोक, 31 अगस्तः  सिक्किम सरकारले सेप्टेम्बर महिनाभरि सरकारी स्कूलहरूलगायत अन्य शिक्षण संस्थाहरू बन्द राख्ने निर्णय लिएको छ। साथै अब शैक्षिक संस्थानहरूमा शिक्षण-अशिक्षणकर्मीहरू 21 सेप्टेम्बरदेखि मात्र आ-आफ्नो शैक्षिक संस्थानमा उपस्थित हुनपर्नेछ।

यसअघि सरकारले 1 सेप्टेम्बरदेखि स्कूल प्रमुख र शिक्षकहरूलाई उपस्थिति दिन निर्देश जारी गरेको थियो।

आज बसेको राज्य कार्य दलको बैठकपछि शिक्षा विभागले 30 सेप्टेम्बरसम्म स्कूल, कलेज र विश्वविद्यालयहरू बन्द रहने जानकारी गराउँदै संस्थान प्रमुख, शिक्षक अनि गैर-शिक्षण स्टाफहरूले भने 21 सेप्टेम्बरदेखि मात्र स्कूलमा उपस्थिति दिने नयाँ निर्देश जारी गरेको छ।

शिक्षण संस्थानहरू खोलिनेबारे निर्णय भारत सरकारको गृह मन्त्रालयद्वारा जारी गरिने निर्देशिकाअनुसार हुने बताइएको छ।

आउँदो 21 सेप्टेम्बरदेखि 50 प्रतिशत शिक्षक अनि अन्य गैर-शिक्षण कर्मचारीहरूले स्कूलमा अनिवार्य उपस्थिति दिनुपर्नेछ।

विज्ञप्तिमा जनाएअनुसार 21 सेप्टेम्बर उता नवौंदेखि 12औं कक्षाका विद्यार्थीहरू भने स्वेच्छाले शिक्षासम्बन्धी सहायता लिन स्कूल जानसक्ने अनुमति प्रदान गरिएको छ। तर, विद्यार्थीहरूले अभिभावकबाट लिखित अनुमति ल्याउनुपर्नेछ।

यी नियमहरू कन्टेनमेन्ट जोनभित्र पर्ने वा जिल्ला प्रशासनद्वारा आफ्नो अधीनमा लिइएका विद्यालयहरूमा लागू नहुने पनि विभागद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here