सिक्किममा थप एकजना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु

0
970

गान्तोक, 31 अगस्तः सिक्किममा फेरि एकजना कोभिड सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ।

प्राप्त जानकारीअनुसार सिङ्ताम चिसोपानीका एकजना 50 वर्षीय कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको हो।

उनी पछिल्लो 27 अगस्तको दिन एसटीएनएममा भर्ना भएका थिए। सिङ्ताम अस्पतालमा जाँचको क्रममा कोरोना सङ्क्रमित पाइएपछि उनलाई एसटीएनएम रेफर गरिएको थियो।

जानकारीका अनुसार उनी लामो समयदेखि मृगौला सम्बन्धी रोगले ग्रसित थिए। उनको मृत्युसँगै राज्यमा कोरोना सङ्क्रमितको मृत्यु सङ्ख्या 4 पुगेको छ।

अर्कोतिर आज फेरि 25 वटा कोरोना पोजिटिभ मामिला आएको छ। यी 25 मामिलामध्ये 23-वटा पूर्व जिल्लाबाट  अनि दुइवटा पश्चिम जिल्लाबाट रहेको छ।

आज आएका यी 25  नयाँ मामिलासँगै राज्यमा कुल कोरोना सङ्क्रमित सङ्ख्या 1,625 पुगेको छ, जसमध्ये 1225 जना स्वस्थ भएर घर फर्किसकेका छन्। अहिले राज्यमा कोरोना सङ्क्रमणको एक्टिभ केस 424 रहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here