कालेबुङ, ३१ अगस्तः रियाङ खोलाले बगाउँदा मङ्पु सिम्लेनिवासी ३६ वर्षीय आनन्द प्रधानको मृत्यु भएको छ।
पुलिसका अनुसार माछा मार्न गएका प्रधानलाई रियाङ खोलाले बगाएको हो।
आज अपराह्न १.३० बजेतिर स्थानीय मानिसहरू रियाङ खोला र टिस्टा नदीको दोभान नजिक पानीको बिचमा रहेको ठूलो ढुङ्गामा शव अल्झेको देखेपछि रियाङ पुलिसलाई खबर गरेका थिए। त्यसपछि रियाङ पुलिसले टिस्टा रङ्गीत उद्धार टिमको सहयोगमा शवलाई पानीबाट बाहिर निकालेको छ।
शवलाई पोस्टमर्टमका लागि कालेबुङ जिल्ला अस्पताल पठाइएको छ।
रियाङ पुलिसले बताएअनुसार ती युवक रम्बी माथि रहेको एनएचपीसीको सीआईएसएफको क्वाटरमा भान्सेको कार्य गर्थे।
नयाँ बिचारले अनि कमिसन को बानी बसेको शिक्षित युवा हरू काहाँ पाईन्छ होला दार्जीलिङ मा चोर चकारीमा लिप्त नकुरी गनेको हरुपनि लोकल काम लिप्त छन साथी नै छाडेर नेताहरुले आफ्नै आपाको सपनाहरु पैसा मा साटी नेता हरुलाई ले बसाइँ रहेको बानी युवा पिढी लाग्यु हुने छ।गोर्खा हरूको जिवान कुवा मा नै हो।