एसपी शर्माहरू गोर्खा लिगको कार्यालय पस्न नपाउने, झण्डा चलाउन नपाउने

0
1150
(फाइल फोटो।)

दार्जिलिङ, ३१ अगस्तः अखिल भारतीय गोर्खा लीगमा चलिरहेको दावीलाई लिएर दार्जिलिङको सिभिल जज सिनियर डिभिजनले अन्तरिम आदेश सुनाएको छ।

अन्तरिम आदेशका अनुसार आउँदो २० सेप्टेम्बरसम्म एसपी शर्मा एन्ड कम्पनी अब गोर्खा लीगको कार्यालय पस्न पाउने छैन। अर्को सुनवाइ यसै दिन हुनेछ।

यति मात्र होइन, एसपी शर्माहरूले अब गोर्खा लीगको झण्डा, लेटरप्याड र रबर स्ट्याम्पसमेत चलाउन नपाउनेछैन।

यसको जानकारी गोर्खा लीग नेता प्रताप खातीले दिएका हुन्। उनका अनुसार २३ अगस्तका दिन अदालतले यस्तो आदेश सुनाएको हो।

एसपी शर्मा एन्ड कम्पनीले मात्र होइन, भारती तामाङसमेतले गोर्खा लीगको झण्डा, नाम र कार्यालय प्रयोग गर्न सक्नेछैनन्।

उल्लेखनीय छ, केही दिन वर्षदेखि गोर्खा लीगमाथि दावीलाई लिएर प्रताप खाती गुट र भारती गुटबिच किचलो चलिरहेको छ। दुवै गुटका नेतृत्वहरूले एकार्कालाई गोर्खा लीगबाट निष्कासित गरिसकेको अगावै घोषणा गरिसकेको छ।

यसैबिच पार्टीको नियम-कानूनविरुद्ध कार्य गरिरहेको आरोप लगाएर प्रताप खातीले दार्जिलिङ जिल्ला अदालतमा याचिका दर्ता गरेका थिए। यसै याचिकाको सुनवाइ गर्दै अदालतले यस्तो अन्तरिम आदेश सुनाएको हो।

अर्कोतिर अदालतको यस्तो आदेश हुँदाहुँदै पनि आज एसपी शर्मा एवं टिमका सदस्यहरू गोर्खा लीगको कार्यालयमा जबर्जस्ती प्रवेश गरेको पनि उनले बताए।

“आज गोर्ख लीगको कार्यालयमा जबर्जस्ती पसेर उनीहरूले अदालतको आदेशको अवमानना गरेको छ”, प्रताप खातीले थपे।

उनले एसपी शर्माहरूलाई ठाउँ न ठहरका मानिसहरूका संज्ञा दिँदै यस्ता मानिसहरूले जबर्जस्ती गोर्खा लीगमा कब्जा जमाउन खोजिरहेको आरोप पनि लगाए।

अर्कोतिर यस विषयमा एसपी शर्माको प्रतिक्रिया लिन चाहँदा उनीसँग सम्पर्क हुन सकेन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here