हामी भिख मागेर खान्छौं तर विनयले जस्तो गोर्खा इतिहासकै सबैभन्दा निकृष्ट राजनीति गरेर बाँच्दैनौं : रोशन गिरी

0
1793
रोशन गिरी (फाइल फोटो)।
दार्जीलिङ, 31 अक्टोबर :  चुनाको मुखमा जनता राजा’, ‘शहीदको सपनागोर्खाल्यान्ड’ –को कुरा गर्ने नाटकबाज विनय तामाले पोहोर गोर्खाल्यान्ड आन्दोलनकालमा बन्दी अवस्थामा नै शहीद बनेका वरुण भुजेलको वार्षिक पुण्यतिथिको दिन शहीद परिवारमाझ उपस्थित भएको आरोपमा दार्जीलिङ ६ नम्बर वार्डका नगर पार्षद नोमन राईलाई पार्टीबाट निष्कासित गरेको घटनाले विनय तामाङहरूको गोर्खाल्यान्ड गफ शहीदलाई सिँढ़ी बनाएर सत्ता हाँकेको सत्य उदाङ्गो भएको छ, बुधवार एक प्रेस विज्ञप्ति जारी रोशन गिरीले यस्तो बयान दिएका छन्।
 
उनले टन्टलापुर घाममा कोलकाताको शहीद दिवसमा जाने विनय तामाङहरूलाई पहाड़का शहीदहरूको महत्त्व थाहा नभएको आरोप लगाएका छन्। गिरीले विज्ञप्तिमा लेखेका छन्, जाति बेचेर, गद्दारी गरेर पेट पाल्नुभन्दा त हामी बरु भिख मागेर खान रुचाउँछौं, तर विनयले जस्तो गोर्खा इतिहासकै सबैभन्दा निकृष्ट राजनीति गरेर बाँच्न सक्दैनौं
 
उनले विज्ञप्तिमा थप लेखेका छन्, जुन दिन भाजपाले गोर्खाल्याण्डको बील सदनमा पारित गर्छ त्यसदिन पहाड़को जनताले रोशन गिरी अनि विमल गुरुङहरूलाई स्वागत गर्नेछौं भनेर विनयले कुन मुखले गोर्खाल्यान्डको उच्चारण गर्दैछ, जसले गोर्खाल्यान्डका लागि शहीद हुने पुण्यात्माको वार्षिकीमा जाँदासमेत आफ्नो पार्टीका निर्वाचित नेतालाई पार्टीबाट निष्कान गर्छ? हामी गोर्खाल्यान्ड ल्याउँछौं, तर त्यति बेला विनय तामाहरूले हाम्रो स्वागतको तयारी नगर्नु, त्यसदिन ट्याटु खोप्ने बोलाएर बरू आफ्नो निधारमा म गोर्खा जातिको गद्दार हो भनेर खोप्नु
 
15 जुलाई 2010 मा स्व. मदन तामाङको हत्याकाण्डको आरोप लगाएर मदन तामाङको परिवारलाई न्याय प्रदान गर्नुपर्ने कुरा गर्ने विनय तामा आफैचाहिँ  2017 सम्म सात वर्ष त्यही विमल गुरुङ र रोशन गिरीसँग सत्तामा कसरी बसेका थिए भन्ने विनय तामाङलाई रोशन गिरीले गरेका छन्। 
 
उनका विज्ञप्तिमा लेखेका छन्, किनभने त्यति बेला उसलाई हामी दोषी छैनौं भन्ने थाहा थियो, तर अहिले सत्ता स्वार्थमा त्यतिबेला सात वर्षसँगै बस्नेले आरोपको राग अलाप्नुले उ झनै षडयन्त्रकारी लालची हो भनेर प्रमाणित गरेको छ
 
गिरीले आज जनतालाई सबै सत्य थाहा रहेको र यो झूटको जवाफ जनताले अवश्यै दिने दाबी गरेका छन्।
 
विनयहरूका लागि जनता भगवान होइनन्, भविष्यका न्यायधीश हुन्, उनले भनेका छन्।
 
 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here