सिलगढ़ी, 31 अक्टोबरः राज्यपाल जगदीप धनखड़ आज बेलुकी सिलगढ़ी आइपुगेका छन् । उनी भोलि दार्जीलिङ चढ़्नेछन्।
राज्यपाल दार्जीलिङमा एक महिना बस्नेछन्। पहाड़ चढ़्नअघि उनले भोलि बिहान 9 बजी सिलगढ़ीमा पत्रकारहरूलाई सम्बोधन गर्नेछन्।
राज्य ट्रेनमार्फत् सिलगढ़ी आएका हुन्।
यसभन्दा अघि कोलकाताबाट दार्जीलिङ प्रस्थान गर्नअघि आज उनले ट्वीट गर्दै भनेका थिए, ‘उत्तर बङ्गालका मानिसहरूसँग जोड़िन र उनीहरूका आशाहरूलाई पूरा गर्ने दिशामा काम गर्नका लागि म ट्रेनमा छु। यो व्यापक यात्रा, पर्यटन, आर्थिक, शैक्षिक क्षमताको उपयोग गर्नाले मानिसहरूको जीवनमा सुधार हुनेछ। मानिसहरू र प्रशासनसँग जोड़िनेछु।’
दार्जीलिङ आउनअघि उनले दुई दिनअघि दिल्लीमा गृह मन्त्री अमित शाहसँग भेट गरी बङ्गालको कानून व्यवस्थामाथि चर्चा गरेका थिए। उल्लेखनीय छ, राज्यपाल जगदीप धनखड़ले शुरूदेखि नै राज्यको कानून व्यवस्थाको अवस्थालाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीको आलोचना गर्दै आइरहेका छन्।