मिरिक ३१ अक्टोबरः मिरिक नगरपालिकाको पहलमा आजदेखि नगरपालिका क्षेत्रका स्वनिर्भर दलका सदस्यहरूलाई सहभागी गराइ तीनदिने खाध्य उत्सव शुरू भएको छ।
मिरिक झिल परिसरमा आज भएको खाध्य उत्सवको उद्घाटन मिरिक नगरपालिका अध्यक्ष एलबी राई अनि मिरिक महकुमाका डीएमसीसी मृदुल श्रीमणीले संयुक्त रूपमा गरे।
सुषमा लेप्चाले सञ्चालन गरेको कार्यक्रममा बोल्दै एलबी राईले स्वनिर्भर दलहरूलाई प्रोत्साहन गर्न र यी दलहरूलाई स्वनिर्भर बन्ने दिशातर्फ अग्रसर हुन प्रेरित गर्ने उद्देश्य मिरिकमा तीनदिने खाध्य उत्सव राखिएको बताए।
उनले मिरिक नगरपालिका क्षेत्रमा रहेका स्वनिर्भर दलहरूलाई सक्रिय कार्य गर्दै अघि बढ़्ने आह्वान गर्नका साथै सधैँ सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरे।
राईले स्वनिर्भर दलहरूलाई आवश्यक सहयोग गर्नका लागि कलकत्ता पनि गएर कुरा गर्ने बताए।
गरिमा स्वनिर्भर दलका अध्यक्ष श्रीमती निरा ढकालले मिरिक नगरपालिका अध्यक्ष एलबी राईको सक्रिय पहलमा नै आजदेखि मिरिक झील परिसरमा तीनदिने खाध्य उत्सव शुरू भएको, जहाँ स्वनिर्भर दलहरूले तयार पारेका जातीय खानेकुरालगायत हस्तशिल्पहरू राखिएको बताइन्।
उनले खाध्य उत्सव गर्ने अवसर प्रदान गरेकोमा मिरिक नगरपालिका अध्यक्ष एलबी राईप्रति आभार पनि प्रकट गरिन्।
यस अवसरमा बोल्दै मिरिक महकुमाका डीएमसीसी मृदुल श्रीमणीले स्वनिर्भर दलहरूले मिरिक पर्यटन केन्द्रमा खाध्य उत्सवको आयोजन गरी असल कार्य गरेको बताउँदै उत्सवले मिरिक पर्यटन केन्द्रको थप आकर्षण बढ़ेको बताए।