दार्जिलिङ गइरहेको वाहन दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

0
45

दार्जिलिङ ३१ अक्टोबरः हिजो बेलुकी सोनादा गोराबारी छेउ आठ माइलमा यात्रीवाहक वाहन दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

मृतकहरूका परिचय ५५ वर्षीय अरुण मुखिया र ४६ वर्षीय अभिमन्यू प्रसादका रूपमा पाइएको छ । दुवै दार्जिलिङ निवासी हुन् ।

उल्लेखनीय छ, हिजो सिलगढीबाट दार्जिलिङतर्फ गइरहेको डब्ल्यूबी ७६ ए १३८२ नम्बरको यात्रीवाहक वाहन गोराबारी छेउ आठ माइलमा पुग्दा दुर्घटनामा परेको थियो ।

यो मर्मान्तिक घटना थाहा लगत्तै स्थानीय मानिस, चालकवर्ग पुलिसकर्मी र अग्निशमन विभागका कर्मीहरू उद्धार कार्यमा जुटेका थिए ।

उनीहरूले घाइतेहरूलाई तत्काल उद्धार गरी सोनादा प्राथमिक स्वास्थ्य केन्द्र पुऱ्याएका थिए  । त्यहाँ प्राथमिक उपचारपछि सबै घाइतेलाई दार्जिलिङ जिल्ला अस्पताल पठाइएको थियो ।

जानकारीका अनुसार गम्भीर घाइते भएका दुईजनालाई दार्जिलिङ जिल्ला अस्पतालबाट हिजै सिलगढी रेफर गरिएको थियो भने अन्य चारजना घाइतेका उपचार यसै अस्पतालमा भइरहेको छ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here