साहित्यकार एमएम गुरुङको सालिक अनावरण, गायक/सङ्गीतकार अशोक राईलाई सङ्गीत गौरव सम्मान

0
921

कालेबुङ, 31 दिसम्बरः गैरीवासमा लोक साहित्यकार एमएम गुरुङको पूर्णाङ्ग सालिक स्थापना गरिएको छ।

आज एक भव्य कार्यक्रमबीच प्रमुख अतिथि जीटीए बीओएका अध्यक्ष अनित थापा, सत्राध्यक्ष समाजसेवी तिलक शर्मा र साहित्यकार एमएम गुरुङकी पत्नी  शकुन्तला गुरुङको करकलमबाट सालिकको अनावरण गरियो।

स्मरण रहोस्, कथामासमेत उत्तिकै चर्चित रहेका एमएम गुरुङले निबन्ध सङ्ग्रह ‘बिर्सिएका संस्कृति’-का लागि 1982-मा साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए।

यसका साथै उनले एमएम गुरुङको सालिक स्थापना गरिएको स्थानलाई  ‘माइकल चोक’ नामकरण पनि गरे। यसभन्दा अघि यो ठाउँलाई गीताञ्जली चोकको नामले चिनिन्थ्यो।

सालिक अनावरण कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति थियो।

कार्यक्रमकै अवसरमा सङ्गीत गौरव सम्मान वरिष्ठ  गायक/सङ्गीतकार अशोक राईलाई सम्मानित गरियो। यसैगरी कार्यक्रममा बगानका पूर्व व्यवस्थापक एवं निर्देशक बीबी बस्नेतलाई पनि नागरिक अभिनन्दन जनाइएको थियो।

उल्लेखनीय छ, सालिक निर्माण समिति र स्थानीय मानिसहरूको सक्रियता र तत्परतामा यो महत्त्वपूर्ण कार्यक्रम सम्पन्न बनेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here