बलिउडका प्रख्यात हास्य कलाकार जगदीपको निधन

0
1912
फोटो नीरज सागरको ट्विटरबाट साभार।

मुम्बई, ८ जुलाईः बलिउडका प्रख्यात कमेडियन एक्टर (हास्य कलाकार) जगदीपको बुधबार राति 8.30 बजी ८१ वर्षको उमेरमा निधन भएको छ। उनको निधनले बलिउड शोकमा डुबेको छ।

उसै पनि बलिउडले पछिल्ला केही समययता एकपछि अर्का अभिनेता गुमाइरहेको छ।

जगदीपको असली नाम सैयद इश्तियाक अहमद जाफरी थियो। उनले आफ्ना अभिनय करिअरमा धेरै महत्त्वपूर्ण फिल्महरूमा काम गरे। यसअवधि उनी विभिन्न रोलमा देखिए। यद्यपि उनले हास्य कलाकारको रूपमा सफलता प्राप्त गरे। उनलाई बलिउड इण्डस्ट्रीका उत्कृष्ट कमेडियनमध्ये एक मानिन्थ्यो।

जगदीपले धेरै चर्चित फिल्ममा आफ्नो कलाकारिताका कारण चर्चा बटुले। हिन्दी सिनेमाको आइकनिक फिल्म ‘शोले’ -मा जगदीपले ‘सूरमा भोपाली’ नामको भूमिका निर्वाह गरेका थिए। यद्यपि यस फिल्ममा उनको रोल छोटो थियो, तर छोटै रोलले सबैको मन जिते। यसपछि उनी सूरमा भोपालीकै नामले उनी चर्चित बने।

जगदीपको जन्म २९ मार्च, १९३९ -मा भएको थियो। बलिउडमा उनले लगभग ६ दशक काम गरे। जगदीपले १९५१ -मा ‘अफसाना’ फिल्ममा बाल कलाकारको रूपमा फिल्मी करिअर शुरू गरेका थिए।

उनले कमेडियन एक्टरको रूपमा भने ‘दो बीघा जमीन’ -मार्फत् डेब्यु गरेका थिए। १९७२ –मा ‘अपना देश’ -ले उनलाई छुट्टै पहिचान दियो।

जगदीपको सधैं सम्झनलायकका फिल्म १९७५ -को ‘शोले’ र १९९४ -को ‘अन्दाज अपना-अपना’ हुन्। ‘अन्दाज अपना अपना’-मा उनले सलमान खानको पिताको भूमिका निर्वाह गरेका थिए।

बलिउडका यी चर्चित हास्य कलाकारले आफ्नो करिअरअवधि ४०० भन्दा बढ़ी फिल्ममा काम गरे।   बलिउडका प्रख्यात डान्सर एवं एक्टर जावेद जाफरी र टीभी शो प्रोड्युसर नावेद जाफरी जगदीपमा दुइ छोरा हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here