श्रीनगर, ९ जुलाईः जम्मू-कश्मीरमा बुधबार राति आतङ्कीहरूले भाजपा नेता वसिम बारीलगायत उनका पिता बशीर अहमद र भाइ उमरलाई गोली ठोकेर हत्या गरेका छन्।
राति करिब ९ बजी बन्दीपोरा पुलिस स्टेशननजिक भाजपा जिल्लाध्यक्ष वसिम बारीको दोकानबाहिर आतङ्कीहरूले गोली ठोकेर उनीहरूको हत्या गरेका हुन्।
डीजीपी दिलबाग सिंहले यसबारे जानकारी गराएका छन्।
भाजपा नेता र उनका पिता-भाइको हत्या गरेपछि आतङ्कीहरू त्यहाँबाट चम्पट कसेका छन्। सुरक्षा बलले क्षेत्रको घेराबन्दी गरी खोजी अभियान शुरू गरेको छ।
यसैबीच जानकारीका अनुसार यी भाजपा नेताका सुरक्षामा खटिएका ८ पीएसओलाई केरकारका लागि पुलिसले हिरासतमा लिइएको छ।
अर्कोतिर यस हत्याको घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत् जानकारी लिएका छन्। साथै उनले परिवारप्रति समवेदना प्रकट गरेका छन्।
यसैगरी भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले पनि भाजपा नेता र उनका पिता-भाइको हत्याप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। नड्डाले वसिम बारीको बलिदान व्यर्थै खेरो नजाने पनि बताएका छन्।
स्रोतः नवभारत टाइम्स