भाजपा र तृणमूलविरुद्ध कङ्ग्रेसको कानून तोड़ो आन्दोलन

0
1103
बिहीबार भाजपा र तृणमूलविरुद्ध कङ्ग्रेसले निकालेको ऱ्याली।

सिलगढ़ी, 17 जनवरी : केन्द्रको भाजपा र राज्यको तृणमूल सरकारविरुद्ध बिहीवार पश्चिम बङ्गाल प्रदेश कङ्ग्रेसले  सिलगढ़ी महकुमा अधिकारीको कार्यालयअघि कानून तोड़ो आन्दोलन गर्‍यो। भाजपा र तृणमूल सरकारले भ्रष्टाचार गरेको र कुशासन भएको भन्दै कङ्ग्रेसले यो कानून तोड़ो आन्दोलन गरेको हो।

महकुमा अधिकारीको कार्यालय अघि आन्दोलन गर्नअघि कङ्ग्रेस कार्यकर्ताहरूले महानन्द पुल मुनिबाट एक र्‍याली पनि निकालेका थिए। यो र्‍यालीमा प्रदेश कङ्ग्रेसका राज्य अध्यक्ष सोमेन मित्र, दीपा दास मुन्शी, सांसद प्रदीप भट्टाचार्य, राज्य विधानसभाका विपक्षी दल नेता अब्दुल मन्नान, प्रदेश कङ्ग्रेस कार्यकारी अध्यक्ष शङ्कर मालाकारसमेत कङ्ग्रेसका अन्य गणमान्य नेता उपस्थित थिए। यो र्‍याली महकुमा शासकको कार्यालय अघि पुग्यो। यसपछि त्यहाँ दार्जीलिङ जिल्ला कमिटीका नेताहरूले एक सभा गरे।

यसपछि पुनः पश्चिम बङ्गाल प्रदेश कङ्ग्रेसले सिलगढ़ी जङ्क्शनबाट एक र्‍याली निकालियो। यो र्‍याली पुनः महकुमा शासक कार्यालय पुगेपछि त्यहाँ कङ्ग्रेस नेता एवं कार्यकर्ताहरूले कानून तोड़ो आन्दोलन गरे।  उनीहरूले पुलिसको बेरिकेड तोड़ेर महकुमा शासकको कार्यालयभित्र पस्ने कोशिश गरे। यो घटनालाई लिएर पुलिससँग कङ्ग्रेस कार्यकर्ताहरूको धक्काधक्की पनि भयो। यसैबीच पुलिसले कङ्ग्रेसका अढ़ाई हजार कार्यकर्तालाई पक्राउ गर्‍यो। यद्यपि उनीहरूलाई पीआर बण्डमा छोड़ियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here