मुख्यमन्त्रीद्वारा रम्फूमा रेपिड एन्टिजेन टेस्टिङ सेन्टरको उद्घाटन

0
990

गान्तोक, ११ जुलाईः मुख्यमन्त्री पी.एस. गोलेले आज रम्फूको स्क्रिनिङ सेन्टरमा स्थापित रेपिड एन्टिजेन टेस्टिङ सेन्टरको उद्घाटन गरेका छन्।

कोरोना भाइरस रोगलाई खुट्याउन रेपिड एन्टिजेन टेस्टिङ सहज र शीघ्र रिपोर्ट दिने एउटा नयाँ विधि हो, जसलाई इण्डियन काउन्सिल अव् मेडिकल रिसर्चले देशव्यापी सञ्चालनका लागि मान्यता प्रदान गरिसकेको छ।

यस प्रणालीद्वारा करिब ३० मिनटभित्र सङ्क्रमणको परिणाम पाउन सकिने स्वास्थ्य विभागका सचिव डा. पेम्पा टी. भोटियाले जानकारी गराएका छन्। 

उद्घाटनपछि स्वास्थ्य विभागका प्रधान सचिव के. श्रीनिवासुलुले  एन्टिजेन टेस्टिङको नियम एवम् विधिबारे मुख्यमन्त्रीलाई विस्तृतरूपमा अवगत गराए।

मुख्यमन्त्रीले स्क्रिनिङ सेन्टरबारे जानकारी लिएपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूसित अन्तरक्रिया गरे।

अर्कोतिर डा. भोटियाले बताएअनुसार सिक्किम फर्कनेहरूको आजैदेखि यो प्रणालीद्वारा कोरोना भाइरस जाँच गरिनेछ। यदि कुनै व्यक्तिमा पोजिटिभ सङ्क्रमण भेटिएमा तत्काल एसटीएनएमको आइसोलेशन वार्डमा पठाइनेछ।

यसका साथै रिपोर्ट नआउञ्जेलसम्म जाँच केन्द्रमै उनीहरूलाई रोकेर राखिनेछ। आम नागिरबाहेक सेना र अर्द्धसैनिक बलको पनि जाँच गरिनेछ।

यदि उनीहरूको रिपोर्ट पोजिटिभ आएमा उनीहरूलाई रम्फूबाट पश्चिम बङ्गालको सम्बन्धित क्वारेन्टिन सेन्टरतिरै फर्काइनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here