सिक्किममा २६ नयाँ मामिला, रङ्गेली बजार कन्टेनमेन्ट जोन घोषित

0
1256

गान्तोक, ११ जुलाईः सिक्किममा फेरि २६ वटा कोरोना भाइरस पोजिटिभ मामिला थपिएको छ।

स्वास्थ्य विभागले दिएको ताजा जानकारीका अनुसार आज २६ वटा पोजिटिभ मामिला आएको छ। २६ जनामध्ये तीनजना दक्षिण सिक्किमको कर्फेक्टारस्थित एस.आई.सी.बी.-को क्वारेन्टिन सेन्टरमा थिए भने २३ जना पूर्व सिक्किमको रङ्गेलीस्थित ग्रेफ क्याम्पबाट रहेका छन्।

अर्कोतिर, हिजो आठजना र आज एकजना गरी कुल नौजनाको रिपोर्ट पुनः नेगिटिभ आएपछि आज अस्पतालबाट घर पठाइएको छ।

हाल राज्यमा कोरोना भाइरसको एक्टिभ केस 67 रहेको छ भने ८१ जना स्वस्थ भएर घर फर्किसकेका छन्।

यसैबीच, पूर्व सिक्किमको रङ्गेली ग्रेफ क्याम्पबाट कोरोना भाइरसको सर्वाधिक मामिला प्रकाशमा आएकाले जनताको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासनले रङ्गेली बजारलाई कन्टेनमेन्ट जोन घोषणा गरेको छ।

रङ्गेली क्षेत्र कोरोना भाइरसको हटस्पट बन्नसक्ने सम्भावनालाई ध्यानमा राखेर जिल्लापाल राज यादवले आपदा प्रबन्धन ऐनअन्तर्गत् कन्टेनमेन्ट जोन घोषणा गरेका हुन्।

प्रशासनको आदेशअनुसार रङ्गेली बजारको छुजाचेन जिरो पोइन्ट (उत्तर), रिगु फाटक (पूर्व), मुलुके-गती फाटक (पश्चिम) र दलपचन्द-सुदुङ्लाखा फाटक-दक्षिणलाई कड़ा निगरानी नराखे रङ्गेली क्षेत्र कोरोनाको हटस्पट जोन बन्नसक्ने खतरा देखिएको छ। 

यी क्षेत्रमा वाहनहरूको आवत-जावतसँगै मानिसहरूलाई हिँडडुल गर्नमा निषेध गरिएको छ। केवल आपत्कालीन सेवाहरूलाई मात्र अनुमति दिइएको छ।

यहाँका सड़कहरू अब पुलिस अधिकारीहरूको निगरानीमा रहनेछन् भने आवश्यक सामाग्री, साग-सब्जी, फल-फूल, मासु, दूध, ब्रेड, एलपीजी, पेट्रोलपम्प र औषधि पसलबाहेक अन्य सबै बन्द रहनेछ।

कन्टेमन्ट क्षेत्रभित्र बास गर्ने मानिसहरूले अनिवार्य रूपमा फेस मास्क लगाउनु पर्नेछ र कसैलाई पनि घरबाहिर निस्कने अनुमति छैन।

यसैगरी १३० आर.सी.सी. ग्रेफअन्तर्गत सबै चालू कामहरू बन्द गरिनुपर्ने र केवल आपतकालिन सेवाहरू मात्र चालू राखिनुपर्ने आदेश जारी गरिएको छ।

यी क्षेत्रहरूमा सी.आर.पी.सी.को १४४ धाराअन्तर्गत पाँचभन्दा अधिक मानिसहरूको भेला पनि निषेध गरिएको छ। यसैबीच, १३० आर.सी.सी.-का कमान्डिङ अफिसरलाई कारण बताऊँ नोटिश जारी गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here