रङ्गेली महकुमा लकडाउन गर्ने सरकारको निर्देश

0
1596
फोटोः आईपीआर।

गान्तोक, १२ जुलाईः सिक्किम सरकारका मुख्य सचिव एसपी गुप्ताले आम जनसाधारणको सुरक्षालाई ध्यानमा राख्दै रङ्गेली महकुमालाई लकडाउन गर्न निर्देश दिएका छन्।

रङ्गेलीको ग्रेफ क्याम्पबाट धेरै सङ्ख्यामा कोरोना भाइरसको मामिला प्रकाशमा आएपछि आज मुख्य सचिवको अध्यक्षतामा एउटा उच्च स्तरीय बैठक बसेको थियो।

बैठकमा रङ्गेली र वरपरका क्षेत्रहरूलाई सुरक्षित राख्नुपर्ने विषयमाथि चर्चा-परिचर्चा भयो।

स्वास्थ्य विभागका प्रधान सचिव, समन्वय समितिका सचिव भू-राजस्व विभागका सचिव, ग्रेफका प्रमुख अभियन्ता, जिल्ला पुलिस अधीक्षक र  पूर्वका जिल्लापालले वर्तमान स्थितिमाथि जानकारी गराए।

हाल रङ्गेलीलाई कन्टेनमेन्ट जोन घोषित गरिएको पनि जिल्लापालले जानकारी गराए। चर्चा-परिचर्चापछि मुख्य सचिवले सम्पूर्ण रङ्गेली महकुमालाई नै लकडाउन गर्न जिल्लापाललाई निर्देश दिए।

उनले लकडाउनसम्बन्धी विभिन्न प्रकारका नियम जारी गर्न पनि निर्देश दिएका छन्।

अर्कोतिर, स्वास्थ्य विभागले ग्रेफ क्याम्पबाट कोरोना पोजिटिभ आएका व्यक्तिहरूको सम्पर्कमा रहेकाहरूको जाँच गर्न एउटा टोली रङ्गेली पठाएको छ। अबउसो रम्फूबाट छिर्ने आईटीबीपी, एसएसबी र ग्रेफ सबैको रम्फू चेकपोस्टमै रेपिड एन्टिजेन जाँच हुने भएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here