सिक्किमा थप चारजना कोरोना सङ्क्रमित, एक्टिभ केस बढ़ेर ७० पुग्यो

0
1012

गान्तोक, १२ जुलाईः सिक्किममा कोरोना भाइरसको मामिलामा थप वृद्धि भएको छ। आज थप ४ नयाँ मामिला थपिएपछि राज्यमा एक्टिभ केस बढ़ेर ७० भएको छ।

अर्कोतिर आज एसटीएनएम अस्पतालमा उपचाररत् एकजना व्यक्ति कोरोना सङ्क्रमणबाट पूर्ण रूपमा स्वस्थ भएपछि छुट्टी दिइएको छ।

राज्यका स्वास्थ्य विभागका सचिव एवं महानिर्देशक डा. पेम्पा छिरिङ भोटियाले यसबारे जानकारी गराएका छन्। आज कोरोना सङ्क्रमित पाइएका सबै बाहिरबाट सिक्किम फर्केहरूका हुन्।

हालसम्म राज्यबाहिर ९ हजारभन्दा अधिक मानिस सिक्किम फर्किसकेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here