सामान्य रूपमा भानु जयन्ती पालन, राज्यपाल र मुख्यमन्त्रीद्वारा श्रद्धा अर्पण

0
1791
फोटोः आईपीआर।

गान्तोक, १३ जुलाईः राज्यका विभिन्न स्थानमा आज २०६औं भानु जयन्ती सामान्य रूपमा पालन गरियो।

कोरोना भाइरसको महामारीका कारण सामाजिक जमघटलाई निषेध गरिएकाले राजधानी गान्तोकमा आयोजन हुने राज्यस्तरीय भानु जयन्तीलाई पनि सामान्य रूपमा पालन गरिएको थियो।

गान्तोकको जिरो पोइन्टस्थित भानु उद्यानमा आज नेपाली साहित्य परिषद् सिक्किमको तत्वावधानमा आयोजित भानु जयन्ती समारोहमा सिक्किमका राज्यपाल गङ्गाप्रसाद मुख्य अतिथि र मुख्यन्त्री पीएस गोले विशिष्ट अतिथि रहेका थिए।

यसका समारोहमा विधानसभा अध्यक्ष एल.बी. दास, मन्त्रीमण्डलका सदस्यगण, लोकसभा सांसद इन्द्रहाङ सुब्बा, भाजपा विधायक वाईटी लेप्चा, पूर्व मन्त्री टी. लाचुङ्पा, पूर्व विधायक एन.बी. खतिवड़ा, पद्मश्रीले विभूषित सानु लामालगायत भाषा साहित्यप्रेमीहरूको उपस्थिति थियो।

आफ्नो सम्बोधनमा राज्यपाल गङ्गाप्रसादले नेपाली भाषाको विकासमा आदिकवि भानुभक्तले दिएको योगदानको सराहना गरे।

मुख्यमन्त्री पीएस गोलेले आदिकविलाई कवि मोतिराम भट्टले नेपाली संसारमा चिनाएको बताउँदै भाषा, साहित्य र संस्कृतिको योगदान दिनेहरूलाई समाजले प्रोत्साहन र कदर गर्नुपर्ने मन्तव्य गरे।

उनले नेपाली साहित्य परिषद्लाई भाषा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूको कृति प्रकाशित गर्ने काम गरिदिन आग्रह गर्दै सरकारको पक्षबाट पनि सहयोग प्रदान गरिने बताए।

यसका साथै मुख्यमन्त्रीले भानु उद्यानमा घामपानी छेल्न सरकारद्वारा एउटा स्थायी पूर्वाधार निर्माण गरिदिने पनि घोषणा गरे।

समारोहमा साहित्य परिषद्का अध्यक्ष रूद्र पौड्यालले स्वागत सम्बोधन राख्दै भानु जयन्तीको औचित्यमाथि प्रकाश पारेका थिए।

सम्पूर्ण कार्यक्रमलाई परिषद्का महासचिव नीलम न्यौपानेले सञ्चालन गरेका थिए। आज नेपाली साहित्य परिषद्ले विभिन्न सञ्चार माध्यमद्वारा कविता वाचन र रामायण पाठ प्रसारण गरिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here