विनयपन्थी गोजमुमोले जलायो अहलुवालियाको पुत्ला, भन्यो – दार्जीलिङमा होइन दिल्लीमा गणतन्त्र छैन

0
1042
दिल्लीमा विनय तामाङको कार्यक्रम रद्द भएपछि चोक बजारमा सांसद अहलुवालियाको पुत्ला जलाउँदै मोर्चा समर्थकहरू।

गान्तोक, 7 अक्टोबर : आइतवार दिल्लीमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङको कार्यक्रम रद्द भएपछि गोजमुमो समर्थकहरूले स्थानीय चोक बजारमा दार्जीलिङका सांसद एसएस अहलुवालियाको पुत्ला जलाए। तामाङको कार्यक्रम रद्द हुनमा अहलुवालियाको षड़यन्त्र रहेको आरोप लगाउँदै विनयपन्थी गोजमुमो समर्थकहरूले सांसदको पुत्ला जलाएका हुन्।

स्मरणरहोस्, शनिवार दिल्ली प्रस्थान गरेका विनय तामाङ आज आइतवार दिल्लीको दक्षिण जिल्लास्थित एनसीयूआईको हलमा पालन गरिने  पार्टीको 11औं स्थापना दिवस कार्यक्रम उपस्थित हुने तथा सम्बोधन गर्ने कार्यक्रम थियो, तर गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस)-का सदस्यहरूले कार्यक्रम हुने भनिएको हलअघि बिहानैदेखि  विरोध प्रदर्शन गर्दै चर्को नारा लगाएपछि दिल्ली पुलिसले कानून व्यवस्थालाई ध्यानमा राखेर कार्यक्रम गर्न दिइएको अनुमति फिर्ता लिएको छ। अन्तिम क्षणमा पुलिसले कार्यक्रमको अनुमतिलाई फिर्ता लिएपछि विनय तामाङको कार्यक्रम रद्द भएको थियो।
यता, कार्यक्रम रद्द भएलगत्तै विनयपन्थी गोजमुमो समर्थकहरूले पहाड़का विभिन्न स्थानमा विरोध गर्दै केन्द्रको सत्तासीन दल भाजपा र यसका सांसद अहलुवालियाविरुद्ध पोस्टरिङ गरेको छ भने दार्जीलिङको चोक बजारमा सांसदको पुत्लासमेत जलाए।
सांसदको पुत्ला दहनपछि पत्रकारहरूसँग बोल्दै गोर्खा जनमुक्ति युवा मोर्चाका प्रवक्ता अरुण छेत्रीले पार्टी अध्यक्ष विनय तामाङको कार्यक्रम रद्द गर्नमा सांसद अहलुवालियाको हात रहेको आरोप लगाए। उनका पार्टी अध्यक्षलाई कार्यक्रम हलसम्म पुग्न र कार्यक्रममा उपस्थित भइ बोल्ने बाधा दिएको पनि थप आरोप लगाए।
दार्जीलिङ पहाड़मा गणतन्त्र छैन भन्ने भाजपाले नै दिल्लीमा अप्रजातान्त्रिक काम गर्दै विनय तामाङलाई बोल्न र कार्यक्रम गर्नदेखि रोक लगाएको आरोप लगाउँदै अबदेखि सांसदलाई दार्जीलिङ पहाड़मा प्रवेश गर्न नदिने  घोषणा गरे। 
हामीले जानकारी पाएका हौं, एनसीयूआई केन्द्रका प्रबन्धकलाई पनि हाम्रो कार्यक्रम गर्न नदिनका लागि चेताउनी दिइएको थियो”, उनले थपे, “यदि  पहाड़मा कुनै प्रकारको अशान्ति भइहाले यसको जिम्मेवार भाजपा हुनेछ।” 
अर्कोतिर पार्टी अध्यक्ष बोल्न नपाएको भन्दै गोजमुमो कालेबुङले पनि शहरका विभिन्न ठाउँमा पोस्टरिङ गऱ्यो। पोस्टरमा गोजमुमोले भाजपाको तीखो शब्दमा आलोचना गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here