कोरोना सङ्क्रमित दुईजनाको मृत्यु

0
1075

सिलगढ़ी, १४ जुलाईः सोमबार अपराह्न गोरुबथान बजारनिवासी कोरोना सङ्क्रमित ५० वर्षीय एक महिलाको मृत्यु भएको छ।

जानकारीका अनुसार पछिल्ला केही दिनदेखि अस्वस्थ रहेकी महिलालाई आइतबार उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको रेस्पिरेटरी इन्टेन्सिभ केयर युनिट (रिकु)-मा भर्ना गरिएको थियो भने त्यसै दिन उनको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि भाइरस रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल)-मा पठाइएको थियो।

आज अपराह्न यी महिलाको मृत्यु भयो भने उनको कोरोना टेस्ट पोजिटिभ आएको थियो। जानकारीका अनुसार महिला अन्य रोगले पनि ग्रसित थिइन्। उनको अन्तिम संस्कार सरकारी नियमानुसार गरिएको थियो। मृतक महिलाको कुनै ट्राभल हिस्ट्री नरहेको जानकारी पाइएको छ।

अर्कोतिर प्राप्त जानकारीका अनुसार महिलाका परिवारलाई क्वारेन्टाइन राख्ने प्रशासनिक कार्य बिहानदेखि नै शुरू भएको छ।

यसैगरी मतिगढ़ा थानाअन्तर्गत् न्यु रङ्गियानिवासी ६७ वर्षीय वृद्धको पनि हिजै उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको रिकुमा उपचाररत् अवस्थामा मृत्यु भएको थियो। उनको पनि हिजै टेस्ट रिपोर्ट पोजिटिभ आएको छ।

यसैबीच बङ्ग्ला दैनिक उत्तरबङ्ग संवादका अनुसार सोमबार दार्जीलिङ जिल्लामा थप ५४ जना कोरोना सङ्क्रमित पाइएको छ, जसमा ४१ जना सिलगढ़ी नगरनिगम क्षेत्रका, ५ जना नक्सलबारी क्षेत्रका, ५ जना मतिगढ़ा क्षेत्रका, एकजना फाँसीदेवा क्षेत्रका,  एकजना दार्जीलिङ नगरपालिका क्षेत्रका र एकजना पुलबजार क्षेत्रका रहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here