विनयपन्थी मोर्चाले साङ्गठनिक गतिविधि बढ़ाउने

0
1058

दार्जीलिङ, १४ जुलाईः विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले अब पार्टीको साङ्गठनिक गतिविधिलाई तीव्र पार्न शुरू गर्ने भएको छ।

यसै क्रममा पार्टीले आउँदो १७ जुलाईका दिन कालेबुङ जिल्ला समितिको पुनर्गठन गर्ने अनि १८ जुलाईका दिन कालेबुङ जिल्लाअन्तर्गत् पर्ने क्रमैले ४३, ४४ र ४५ नम्बर समष्टिलाई पनि विस्तार गर्ने कार्यक्रम बनाएको पार्टी अध्यक्ष विनय तामाङले आज जानकारी गराए।

यसैबीच, आगामी तीन दिनभित्र गोर्खा जनमुक्ति युवा मोर्चा दार्जीलिङ महकुमा समितिको पनि पुनर्गठन गर्ने अनि यसमा आजै मात्र पार्टीमा सामेल भएका युवा नेता पुरण तामाङलाई अध्यक्षको पदमा मनोनित गर्ने पनि विनय तामाङले घोषणा गरे।

पुरण तामाङ २०१७-को गोर्खाल्याण्ड आन्दोलनमा सक्रिय बनेर खटेका थिए। त्यसैकारण उनले जेल सजाय पनि भोगेका थिए। जसले आज विमल गुरूङपन्थी गोजमुमोलाई त्यागेर विनयपन्थी गोजमुमोको हात समातेका छन् भने उनलाई पार्टी अध्यक्ष तामाङले तत्कालै युवा मोर्चा दार्जीलिङ महकुमा समितिको संयोजक पदमा पनि मनोनित गरिएको घोषणा गरे भने उनकै नेतृत्वमा आगामी तीन दिनभित्र युवा मोर्चा दार्जीलिङ महकुमा समितिको पुनर्गठन गरिने भएको छ।

गोजमुमो अध्यक्ष तामाङले एक प्रश्‍नको उत्तरमा भने-“राजनैतिक पार्टीको धर्म चुनाउ लड्नु हो अनि आगामी विधानसभा चुनाउमा पनि पार्टीले यो धर्म पालन गर्नेछ। पार्टीले दार्जीलिङ पहाड़का तीनवटै विधानसभा आसनबाट आफ्नो उम्मेदवार खड़ा गर्नेछ।’’

उनले थपे, “आज पुरण तामाङ जस्ता एक जुझारू नेता पार्टीमा सामेल भएका छन्, जसले जातिको हितमा पहाड़का जनतालाई सही दिशानिर्देश दिनेछन्।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here