मालदा, १५ जुलाईः अरण्य सप्ताह पालन गर्दै मालदाका दुई नगरपालिकाका १५ ब्लकमा प्रति ब्लक १५ वटा गरी वृक्ष रोपन गरिएको छ।
विभिन्न ब्लकमा वृक्ष रोपन गरिए तापनि मुख्य कार्यक्रम भने महेशमाटी सरकारी आवासनमा आयोजन गरिएको थियो।
पर्यावरणप्रति सचेतना र जस्तै परिस्थितिमा पनि सिर्जनशील कार्य जारी रहोस् भन्ने उद्देश्यसहित आयोजन गरिएको यस वृक्ष रोपन कार्यक्रममा डिप्टी म्याजिस्ट्रेट राजु शेर्पा, दावा शेर्पा, पवित्रा लामा, छिरिङ जाम भोटिया सहभागी थिए।
कार्यक्रममा विवेक वाहिनी मालदाले सहयोग पुऱ्याएको थियो। यसका जानकारी डिप्टी म्याजिस्ट्रेट एवं युवा एवं खेल अधिकारी पवित्रा लामाले दिएकी हुन्।