गान्तोक, १६ जुलाईः सिक्किममा आज (बिहीबार) थप १३ जना कोरोना सङ्क्रमित पाइएको छ। यसका साथै राज्यमा कुल कोरोना सङ्क्रमित सङ्ख्या २२२ पुगेको छ, जसमध्ये ८७ जना स्वस्थ भएर आ-आफ्नो घर फर्किसकेका छन् भने राज्यमा अहिले एक्टिभ केस १३५ रहेको छ।
आज कोरोना सङ्क्रमित पाइएकामध्ये ५ जना ग्रेफ क्याम्पका हुन् भने अन्य ६ जना पूर्व जिल्लाका विभिन्न क्वारेन्टाइन सेन्टरका रहेका छन्।
यसैगरी थप दुईजनाको भने एन्टिजेन टेस्टिङ रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य विभागका महानिर्देशक एवं सचिव डा. पेम्पा छिरिङ भोटियाले जानकारी गराएका छन्।
उल्लेखनीय छ, पूर्व सिक्किमको रङ्गेलीस्थित ग्रेफ क्याम्पमा भएको लापरवाहीका कारण राज्यमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ़्दै गइरहेको छ।