मुख्यमन्त्रीलगायत परिवारको आरटीपीसीआर जाँच सम्पन्न

0
946

गान्तोक, १६ जुलाईः राज्यका मुख्यमन्त्री प्रेमसिंह गोलेको लुम्सेस्थित निवासमा आज (बिहीबार) कोभिड १९-को आरटीपीसीआर जाँच आयोजन गरियो।

यसअवधि मुख्यमन्त्री र उनकी धर्मपत्नी शारदा तामाङ तथा छोरा अदित्य गोलेसँगै उनीहरूका सुरक्षाकर्मी र आवासीय स्टाफहरूको रगतको नमूना सङ्कलन गरियो। आज कुल ९५ वटा नमूना सङ्कलन गरिएको छ।

शहरी नमूना सङ्कलन टोलीले पुरानो एसटीएनएमको अर्बन पीएचसीका चिकित्सा अधिकारी डा. कुञ्जाङ लेप्चाको अगुवाइमा अनि स्वास्थ्य प्राधिकरणको निर्देशनमा नमूना जाँच गरेको थियो।

गान्तोक नगर निगमको एउटा टोलीले वरिष्ठ सुपरिवेक्षक आर.पी. सुब्बाको अगुवाइमा मुख्यमन्त्रीको आवासमा सेनिटाइज पनि गरेको थियो।

मुख्यमन्त्री गोलेले सम्पूर्ण स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here