कार्यक्रम रद्द भएपछि भाजापमाथि खनिए विनय तामाङ, भने – दिल्लीमा चाँड़ो ठूलो ऱ्याली र जनसभा गर्नेछु

0
1014
गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङ (फाइल फोटो)।

सिलगढ़ी, 7 अक्टोबर : दिल्लीमा आफ्नो कार्यक्रम रद्द भएपछि विनय तामाङले यसका लागि भाजपालाई दोष्याएका छन्। उनले भाजपाकै षड़यन्त्रको कारण आज आफूहहरूको 11औं स्थापना दिवस कार्यक्रम रद्द भएको विनय तामाङको आरोप छ। साथै उनले  दार्जीलिङ पहाड़वासीका लागि केन्द्रले गोर्खाल्याण्ड नभए 11 जातगोष्ठीका लागि अनुसूचित जनजातिको दर्जा दिनुपर्ने माग पनि गरेका छन्। यदि केन्द्र सरकारले यो माग पूरा नगरेको दार्जीलिङलगायत उत्तर बङ्गालका क्षेत्रलाई अनुसूचित क्षेत्रमा गाभ्नका लागि कार्यक्रम घोषणा गर्ने बताए।

भाजपा, विमलपन्थी गोजमुमो र जीएसएसएसले मिलेर रोकेको आरोप
विनय तामाङले  भने, “मैले दिल्लीमा गएर कार्यक्रम गर्छु भन्ने घोषणा गरेपछि भाजपा, विमलपन्थी गोजमुमो र जीएसएसएसका केही कार्यकर्ताहरूले मलाई यहाँ आउनबाट रोक्न योजना बनाएका थिए, तर उनीहरू यसो गर्न असफल भए। हिजो पनि दिल्ली हवाइअड्डामा मलाई कालो झण्डा देखाउने उनीहरूको कार्यक्रम थियो। तर हाम्रो पार्टीका कार्यकर्ताहरू बाक्लो सङ्ख्यामा उपस्थित भएपछि उनीहरूले त्यसो  गर्न सकेनन्।
कार्यक्रमलाई रोक्न मन्त्रालय नै लागिपरेको आरोप
उनका अनुसार दक्षिण दिल्लीका पुलिस उपअधीक्षकले आज अपरान्ह 1 बजेदेखि बेलुकी 5 बजीसम्म कार्यक्रमको अनुमति दिएको तर अन्तिम क्षणमा यो अनुमति फिर्ता लिएको पनि बताए। उनीहरूले बिहानैदेखि कार्यक्रमलाई रोक्ने प्रयास गरेका थिए। कार्यक्रमलाई रोक्न अहलुवालियाले एनसीयूआईका प्रबन्धकलाई भाषण केन्द्रविरुद्ध नहुनुपर्ने र यदि यस्तो भाषण गरिएको पाइएमा कार्वाही गर्ने चेताउनी दिएका थिए। यसका साथै यसबारे मन्त्रालयबाट आदेश नै जारी गरिएको थियो।
तामाङले दाबी गरेअनुसार कार्यक्रमलाई रोक्नका लागि गृह मन्त्रालयबाट पुलिसलाई आदेश जारी गरिएको थियो। यहाँसम्म कि, पुलिसले हिजो हाम्रा आयोजकहरूलाई हामी आज त्यहाँ गयौं भने पक्राउ गर्ने चेताउनीसमेत दिएका थिए”, उनले भने, “संविधानले अभिव्यक्ति स्वतन्त्रता सबैलाई दिएको छ।, तर केन्द्रको अधीनस्थ रहेको दिल्ली पुलिसले मलाई बोल्नमा रोक लगायो, जसको म भर्त्सना गर्छु।
दिल्लीमा ठूलो जनसभा र ऱ्याली गर्ने
आजको कार्यक्रम रद्द भए तापनि विनय तामाङले चाँड़ै दिल्लीमा ठूलो र्‍याली र जनसभा गर्ने पनि बताएका छन्। यसको मिति चाँड़ै पार्टीको कोर कमिटीको बैठक गरी तय गर्ने विनयले बताएका छन्। यदि उनीहरूले हामीलाई अनुमति नदिए पनि हामी कार्यक्रम गर्नेछौं, उनले थपे, यसो गर्दा उनीहरूले मलाई जेलमा हाल्न चाहे, हाल्न सक्नेछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here