जलपाइगढ़ी जिल्ला परिषद्का कर्माध्यक्ष एवं समाजसेवी मनोज तामाङको निधन

0
1182
मनोज तामाङ।

सिलगढ़ी, १८ जुलाईः भाषा-साहित्य र समाज भनेपछि मरिमेट्ने डुवर्सका मनोज तामाङ (४४)-को आज (शनिबार) बिहान जलपाइगढ़ी अस्पताल गइरहेको समय बाटोमै निधन भएको छ। उनको हृदयाघातको कारण मृत्यु भएको बताइएको छ।

उनी जलपाइगढ़ी जिल्ला परिषद्का कर्माध्यक्ष (जलपाइगढ़ी जिल्ला परिषद्का सदस्य) पनि थिए। चामर्ची चुनाभट्टी चियाकमाननिवासी मनोज तामाङ डुवर्स नेपाली साहित्य विकास समिति, अखिल भारतीय महायान बौद्ध म्हाणिपा सङ्घलगायत अन्य सङ्घ-संस्थाहरूसँग जोड़ित थिए।

उनले विशेषगरी आर्थिक रूपमा कमजोर रहेका लेखकहरूका पुस्तक आदिका प्रकाशन गरेर उनीहरूलाई मञ्च दिने कार्य खुबै रुचिका साथा गर्नेगर्थे।

क्षेत्रमा तृणमूल कङ्ग्रेसका एक प्रभावशाली नेतृत्व रहेका मनोज तामाङले आफूपछि पत्नी र छोरालाई छोड़िगएका छन्। उनको निधनले क्षेत्रमा शोकको लहर छाएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here