गान्तोक, १९ जुलाईः पूर्व जिल्ला प्रशासनद्वारा रम्फू नगर पञ्चायतभित्रका सम्पूर्ण क्षेत्रमा पूर्ण लकडाउनको आदेश जारी गरेको छ। यद्यपि लकडाउनबाट अत्यावश्यक सेवालाई भने छुट दिइएको छ।
रम्फू क्षेत्रबाट धेरै सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमितहरूको मामिला अघि आएकाले सङ्क्रमणलाई रोक्न तथा अझ फैलिन नदिन जिल्ला प्रशासनले यस प्रकारको निर्णय लिएको हो।
पूर्ण लकडाउन आउँदो ३१ जुलाईसम्म जारी रहने आदेशमा उल्लेख गरिएको छ भने लकडाउनका सबै दिशा निर्देश कठोरतापूर्वक पालन गरिनुपर्ने आदेशमा उल्लेख गरिएको छ।