पूर्व, पश्चिम र दक्षिणका विभिन्न क्षेत्र कन्टेनमेन्ट जोन घोषित

0
1298

गान्तोक, १९ जुलाईः आम नागरिकको सुरक्षालाई ध्यानमा राखेर पश्चिम सिक्किमको टिम्बरबुङ जी.पी.यू र सोरेङ महकुमा कार्यालयलाई पश्चिम जिल्ला प्रशासनले कन्टेनमेन्ट जोन घोषित गरेको खबर आएको छ।

यी क्षेत्रबाट दुइवटा कोरोना पोजिटिभ मामिला आएपछि सङ्क्रमण बढ़्नदेखि रोक्नका लागि टिम्बरबुङ जी.पी.यू र सोरेङ महकुमा कार्यालयलाई कन्टेनमेन्ट जोन घोषणा गरिएको हो।

कन्टेनमेन्ट जोनमा थप सुरक्षाकर्मीहरू खटाइएको छ भने यस परिसरभित्र जाने-आउनेहरूको कड़ा निगरानी राखिएको छ।

कन्टेनमेन्ट जोनभित्र प्रवेश गर्ने तथा बाहिर निस्किने अनुमति रहेको छैन। दुई क्षेत्रका लागि सोरेङ महकुमा अधिकारी नोडल अधिकारी रहेका छन्।

यसैगरी दक्षिण सिक्किमको मामलिङ, समरदोङ, र झोलुङ्गे क्षेत्रलाई पनि जिल्ला प्रशासनद्वारा कन्टेनमेन्ट जोन घोषित गरिएको छ।

यस क्षेत्रबाट कोरोना सङ्क्रमणको मामिला अघि आएपछि जिल्ला प्रशासनले यस क्षेत्रलाई कन्टेनमेन्ट जोन घोषणा गरेको हो।

दक्षिण जिल्लाका जिल्लापालद्वारा कन्टेनमेन्ट गरिएको आदेश जारी गरेका हुन्। पूर्व जिल्ला प्रशासनले पनि आज रम्फूस्थित सिक्किम डिस्टिलरिज लिमिटेड परिसर, कारखाना र आवासीय डेराहरूलाई कन्टेनमेन्ट जोन घोषणा गरिएको आदेश जारी गरिएको छ।

डिस्टिलेरिजका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पाइएपछि यस प्रकारको निर्णय लिइएको हो। यी क्षेत्रहरूमा पनि कड़ा निगरानी राखिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here