कालेबुङमा थप 5 जना कोरोना सङ्क्रमित, 24 घण्टामा कुल 9 मामिला

0
1053

कालेबुङ, 21 जुलाई: कालेबुङमा थप पाँचजना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ। उनीहरू सबैको कोरोना टेस्ट आज पोजिटिभ आएको हो।

सङ्क्रमित पाँच जनामध्ये दुईजना 10 माइलनिवासी रहेका जानकारी पाइएको छ। जानकारीका अनुसार उनीहरू दुवै बिहारबाट कालेबुङ फर्केका हुन्।

त्यसैगरी कोरोना सङ्क्रमित अर्का एकजना डुङ्ग्रा ग्राम पञ्चायत क्षेत्रनिवासी रहेको छ। उनको ट्राभल हिस्ट्री केरला बताइएको छ।

रहल दुईजनामध्ये एकजना गोरुबथान र अर्का एसयूएमआई स्कूलनजिक दिशा कम्पाउन्डनिवासी हुन्।

कोरोना सङ्क्रमित पाइएका पाइएकी दिशा कम्पाउन्डनिवासी १६ वर्षीय युवती कहीं कतै गएकी थिइन्। केही दिनअघि ज्वरो र सर्दी लागेपछि उनी स्वास्थ्य जँचाउन कालेबुङ जिल्ला अस्पताल गएकी थिइन्।

त्यसैदिन कालेबुङ जिल्ला अस्पतालमा उनको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि भीआरडीएल पठाइएको थियो भने आज उनको कोरोना टेस्ट पोजिटिभ आएको छ।

यसका साथै पछिल्लो 24 घण्टामा कालेबुङमा कोरोना सङ्क्रमणका 9 वटा नयाँ मामिला थपिएको छ।

उल्लेखनीय छ, यसभन्दा अघि कालेबुङ वार्ड नम्बर ३ अन्तर्गत आर.सी. मिन्त्री रोडनिवासी एकै परिवारका चारजना सदस्यको कोरोना टेस्ट पोजिटिभ आएको थियो। उनीहरू चारैजनाको  टेस्ट रिपोर्ट हिजो राति पोजिटिभ आएको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here